Wednesday, 29th July, 2026
वि.स.

बकैया हत्याकाण्ड :पक्राउ परेका भोलन सार्वजनिक

bakaiya-1604817657.jpg

शुक्रबार दिउँसो बैकया  गाउँपालिका वडा नम्बर-४ का २१ वर्षीय विकास वाइवाको हत्या गरी फरार रहेका भीमराज भोलनलाई मकवानपुर प्रहरीले  पक्राउ गरी सार्वजनिक गरेको छ । 

उनलाई मकवानपुरको सिमाना ललितपुरको बागमती गाउँपालिका वडा नम्बर २ माल्टाबाट पक्राउ गरेको मकवानपुरका प्रहरी उपरीक्षक सुसिलसिंह राठौरले जानकारी दिए । उनलाई पक्राउ गर्न मकवानपुर प्रहरी प्रमुख एसपी सुशील सिंह राठौर सहित ईलाका प्रहरी कार्यालय ठिङगन,प्रहरी चौकी भट्टेडाडाँ ललितपुरबाट टोली खटि गएको थियो।भोलनले शुक्रबार दिउँसो वाइबाको हत्या गरी भागेका थिए । 

उनको खोजी कार्यमा बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी सुशील सिंह राठौर सहितको टोली लागिपरेको  थियो । मकवानपुर प्रहरीले हत्या गरी फरार रहेका उनलाई २४ घण्टाभित्र पक्राउ गर्न सफल भएको छ। पक्राउ परेका भोलनलाई आज बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरेको छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०







Thaha-002-1774415222.gif