nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रहरी हुँ भन्दै ठगी गर्ने एक युवक पक्राउ

pakarau-1606553109.jpg

जिल्ला प्रहरी कार्यालय सुर्खेतले ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने एकजना युवकलाई पक्राउ गरेको छ ।

जिप्रका सुर्खेतका प्रहरी निरीक्षक कनक शाही नेतृत्वमा गएको ११ जना प्रहरीको टोलीले शुक्रबार बेलुका सान्नीत्रिवेणी गाउँपालिका–४ कालीकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका–३ तातोपानी सुर्खेतमा बस्दै आएका २८ वर्षीय बिलबहादुर धामीलाई पक्राउ गरेको हो । धामीलाइ १२ हजार नगदसहित पक्राउ गरिएको प्रहरी निरीक्षक शाहीले बताए ।

‘समुदायमा म प्रहरी हुँ भन्दै ठगी गरेको विशेष सूचनाको आधारमा हामीले उनलाई पक्राउ गरेका हौँ’, उनले भने, ‘पक्राउ परेका धामीलाई सोधपुछ गर्दा भने म वनरक्षक हुँ भनी बताएको बयान दिएका छन् ।’ उनको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।रासस



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)