nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रधानमन्त्रीलाई किन राखिन्छ विमानको अन्तिम सिटमा ?

kp-sharma-oli-4-1614692076.jpg

सोमबार प्रधानमन्त्री केपी शर्मा ओली यति एयरलाइन्सको एटीआर–७२ विमानबाट पोखरा गए । त्यसक्रममा उनी जहाजको अन्तिम सिटमा बसेको तस्वीर भाइरल भएको छ ।

कतिपयले जनतालाई अगाडि राखेर अन्तिम सिटमा बसेको भन्दै प्रधानमन्त्रीको प्रशंसा गरिरहेका छन् भने कतिपयले चर्चाका लागि प्रधानमन्त्रीले त्यस्तो गरेको भन्दै ब्यंग्य गरेका छन् ।

के साँच्चिकै सर्वसाधारणलाई अगाडि राखेर प्रधानमन्त्रीले स्वेच्छिक रुपमा अन्तिम सिटमा बसेका हुन् ? उड्डयन र सुरक्षा मामिलाका जानकारहरुका अनुसार त्यसो होइन ।  सुरक्षाका कारण नै प्रधानमन्त्रीलाई अन्तिम सिटमा राखिएको हो ।

बुद्ध एयरका निर्देशक रुपेश जोशीका अनुसार एटीआर जस्ता मध्यम आकारका जहाजमा ढोका पछाडि हुन्छ । जहाजमा विशिष्ट तथा अतिविशिष्ट व्यक्तिले यात्रा गर्दैछन् भने पहिले सर्वसाधारण यात्रुलाई चढाइन्छ । सबै यात्रु चढिसकेपछि विमानस्थलको विशिष्ट कक्षमा बसेका पाहुनालाई बोलाइन्छ र जहाज चढाइन्छ ।

उनीहरुका लागि जहाजको अन्तिम भागमा सिट व्यवस्थापन गरिएको हुन्छ । यसो गर्दा जहाज अवतरण भएपछि सुरुमै विशिष्ट तथा अतिविशिष्ट यात्रु विमानबाट ओर्लने सुविधा हुन्छ । यसले गर्दा सुरक्षाको चुनौती कम हुन्छ । प्रधानमन्त्री तथा मन्त्रीहरुको सवारीका बेला सुरक्षा चुनौती नहुने गरी सिट व्यवस्थापन मिलाइने निर्देशक जोशीले जानकारी दिए ।

उनका अनुसार एटीआर र बम्बाडियर जहाजमा धेरैजसो अवस्थामा मन्त्री र प्रधानमन्त्री अन्तिम सिटमै बस्ने गर्छन् । ठूला जहाजमा अन्तिममा चढ्न र अवतरणपछि अन्य यात्रुभन्दा छिटो ओर्लन सजिलो होस् भनी अन्तिमतिरका सिट मै अतिविशिष्ट र विशिष्ट पाहुनाहरुको व्यवस्थापन गरिएको हुन्छ ।

बीचक्राफ्ट वा ट्विनअर्टर जस्ता साना जहाजका हकमा भने यो भन्दा फरक तरिकाले विशिष्ट र अतिविशिष्ट व्यक्तिको सिट व्यवस्थापन गरिन्छ । यस्ता विमानमा अगाडि वा बीचमा ढोका हुन्छ ।

त्यस्तो जहाजमा अतिविशिष्ट तथा विशिष्ट यात्रुलाई सर्वसाधारण भन्दा अगाडि नै जहाजमा चढाइन्छ । यस्ता विमानमा विशिष्ट र अतिविशिष्ट व्यक्तिलाई अगाडिको सिटमा व्यवस्थापन गरिएको हुन्छ । त्यसभन्दा पछाडि मात्रै यात्रु बस्छन् । सबै यात्रु झरिसकेपछि विशिष्ट र अतिविशिष्ट यात्रु ओर्लने व्यवस्था हुन्छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)