nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङ फेदीगाउँकी उजेली माया हराइन्, खोजी गरिदिन परिवारको आग्रह

मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ पालुङ फेदीगाउँकी उजेली माया तामाङ बेपत्ता भएकी छिन् । ५१ वर्षिय उजेली माया १ मंसिर साँझबाट घरैबाट बेपत्ता भएकी श्रीमान् कृष्ण बहादुर तामाङ (अनक)ले जानकारी दिए । 

तामाङ भेषभुषासंग मिल्दो जुल्दो कपडा लगाएकी उजेली गहुँगोरो वर्णकी रहेको छोरी बिना तामाङले जानकारी दिइन् । तामाङ भाषा राम्रोसंग बोल्न सक्ने उजेली नेपाली भाषामा कम दख्खल रहेको श्रीमान् कृष्ण बहादुरले जानकारी दिए । घरबाट टाढा कहिँ कतै नहिँडेकी उजेली माया कतै पुगेर भुलिएको हुन सक्ने परिवारको अनुमान छ । 

हराएकी उजेली मायालाई कसैले देखे वा भेटेमा श्रीमान कृष्ण बहादुर तामाङ (अनक) ९८१४२९३३९१ र छोरी बिना तामाङ ९८६९११९७१६ वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन परिवारले आग्रह गरेका छन् । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)