nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङ जेसीजको पदस्थापनाः बोर्डले पूर्णता पायो

मकवानपुर थाहानगरमा क्रियाशील पालुङ जेसीज वर्ष २०२१ को बोर्ड सदस्यले पूर्णता पाएको छ । पालुङ जेसीजले २८ पुसमा आयोजना गरेको २१ औं पदस्थापनासंगै बोर्डले पूर्णता पाएको हो । 

नेपाल जेसीज वर्ष २०२१ का अध्यक्ष अरुणेश्वर खनालको प्रमुख आतिथ्यमामा भएको पदस्थापना कार्यक्रममा वर्ष २०२० का अध्यक्ष मनोज रायमाझीले वर्ष २०२१ का अध्यक्ष नवराज लामालाई पद हस्तान्तरण गरेका हुन् । पदहस्तान्तरण समारोहमा लामालाई वर्ष २०२० का अध्यक्ष रायमाझीले सपथ ग्रहण गराएका थिए भने वर्ष २०२१ का अध्यक्ष लामाले बोर्डका अन्य सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । वर्ष २०२१ का अध्यक्ष लामाले लामाले पदग्रहण गर्दै पालुङ जेसीजलाई सबैसामु चिनाउन सक्ने गरी योजना निर्माण गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । 

पदस्थापना समारोहको अवसरमा वर्ष २०२१ का लागि अध्यक्ष नवराज लामाले कोषाअध्यक्षमा निरज रायमाझी, महासचिबमा संगम काकी, कानुनी सल्लाकारमा अनिता बिष्ट, शाखा सम्पादकमा अन्नत ढकाल र जनसम्पर्क अधिकारीमा लक्ष्मी कार्कीलाई मनोनित गरेका छन् । जेसीजको अध्यक्षमा भने २० मंसिरमै नवराज लामा निर्वाचित भएका थिए । मतदान प्रक्रियाबाट जयराम खत्रीलाई २६ मतले पराजित गर्दै लामा लअध्यक्षमा निर्वाचित भएका थिए भने पालुङ जेसीजको कार्यकारी उपाध्यक्षमा बिक्रम गोपाली र सुशान्त गोपाली तथा उपाध्यक्षमा संजय गोपाली, माधव कार्की, जनक तामाङ र सुविन्द्रमान प्रधान सर्वसम्मत निर्वाचित भैसकेका छन् । 

नेपाल जेसीजका राष्ट्रिय महासचिव विकास मानन्धर, कानूनी सल्लाहकार गोकुल सापकोटा, थाहा नगरपालिकाका उपमेयर खड्ग गोपालीको विशेष आतिथ्यमा भएको कार्यक्रममा वर्ष २०२० का अध्यक्ष मनोज रायमाझीले आफ्नो कार्यकालमा उत्कृष्ट सहयोग गर्नेहरु मध्येबाट ३ जनालाई ‘वेस्ट सर्पोटेड’ अवार्ड घोषणा गरी वितरण गरेका छन् । रायमाझीले उपाध्यक्षहरु मध्येबाट निरज रायमाझी, संयोजकहरु मध्येबाट संजय गोपाली र पूर्व अध्यक्षहरु मध्येबाट सुरेन्द्रमान प्रधानलाई अवार्ड दिएका हुन् । 

पदस्थापना कार्यक्रमको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई मायाँको चिनो तथा जेसीज सप्ताहको अवसरमा भएका कार्यक्रमहरुको पुरस्कार वितरण समेत गरिएको थियो । कार्यक्रममा पालुङ जेसीजका पूर्व अध्यक्षहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनीधिहरु, जेसीज सदस्यहरु, स्थानीय संघसंस्थाहका प्रतिनीधिहरु, संचारकर्मी तथा सर्वसाधारणहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।  कार्यक्रम सविन विष्टको संयोजकत्वमा भएको थियो । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)