nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङमा आलु उत्पादन सुरु, असिनाको असर देखियो

aalu-1621305619.jpg

आलु उत्पादनको भण्डारण कहलिएको मकवानपुरको उत्तरी क्षेत्र पालुङमा यो वर्षको आलु उत्पादन सुरु भएको छ । ३ जेठमा सम्भवत यस वर्षकै पहिलो चोटि करिव ४ हजार किलो आलु निर्यात गरिएको छ । थाहा १ ओखरबजारस्थित हरिशरण एण्ड सन्स भेजिटेवल सप्लायर्सले बुटवलमा करिव २ हजार ५ सय र बिराटनगरमा करिव १ हजार ७ सय किलो सेतो आलु निर्यात गरेको हो ।

सप्लायर्सका राजन लामिछानेका अनुसार ३ जेठमा सेतो कुखुरेज्योती ग्रेडिङ अनुसार १८ रुपियाँदेखि २० रुपियाँसम्ममा खरिद गरि २१-२२ रुपियाँमा बिक्री गरिएको हो । गत वर्ष जेठ १८ गते पहिलो पटक प्रति किलो २१ रुपियाँमा निर्यात गरिएको थियो । यसैगरी, रातो कार्डिनल आलु २६-२७ रुपियाँमा खरिद गरिएको छ भने गत वर्ष जेठ १८ गते प्रति किलो २८ रुपियाँमा निर्यात गरिएको थियो । गत पौषको अन्तिम सातादेखि माघको पहिलो साता खेती सुरु गरिएको ओखरबजार र बशन्तका खेतका आलु उत्पादन सुरु भएको हो ।

गत वर्षको तुलनामा यो वर्ष धेरै फलेको भएपनि गत बैशाख ३ र १६ गते परेको असिनाले आलु बोटमा क्षति पुर्याएका कारण आकार भने सानो भएको किसानहरुको अनुभव छ । 

उत्तरी मकवानपुरमा उत्पादित आलु काठमाडौं, हेटौंडा, बीरगन्ज, नारायणघाट, बुटवल, पोखरा, बिराटनगर लगायत भारतको सिलगुडीसमेतका सहरमा निर्यात हुने गरेको छ । बैशाखमा परेको असिनाले बोट नै सखाप पारेपछि कतिपय कृषकले बालीमै ट्राक्टर जोतेर अरु बाली लगाइसकेका छन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)