nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङको सरस्वतीलाई भूतपूर्व विद्यार्थीले गरे ३ थान कम्प्युटर सहयोग

Bijy-1610938693.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ मा रहेको सरस्वती आधारभुत विद्यालयका लागि सोही विद्यालयका भूतपुर्व विद्यार्थीहरुले कम्प्युटर सहयोग गरेका छन् । सरस्वतीबाट वि.सं. २०५७ सालमा ८ कक्षा उतीर्ण भएका भुतपूर्व विद्यार्थीहरुले ३ थान कम्प्युटर सहयोग गरेका हुन् ।  

२०५७ सालमा ८ कक्षा उतीर्ण भएका दिनेश कार्की, विजय विक्रम श्रेष्ठ तथा विशाल ढकालको संयुक्त आर्थिक सहयोगमा विद्यालयको शैक्षिक गुणस्तर थप सबल बनाउनको लागि ५१ हजार रुपियाँ बराबरको सहयोग गरेको विजय विक्रम श्रेष्ठले जानकारी दिए । कम्प्युटर विद्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रधानाध्यापक महेन्द्र प्रधानलाई हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्यक्रममा भूतपूर्व विद्यार्थीहरुले विद्यालयका लागि आफ्नो तहबाट सकेको सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

सरस्वतीबाट ८ कक्षा उतीर्ण भएका भूतपूर्व विद्यार्थी दिनेश कार्की हाल अष्ट्रेलियामा कार्यरत छन् । उनी नेपाली सिनेमा क्षेत्र सहित केही म्यूजिक भिडियोमा पनि कलाकारको रुपमा आवद्धता जनाइ रहेका छन् । विजय विक्रम श्रेष्ठ रोजगारीको सिलसिलामा काठमाडौंमा एक अन्तराष्ट्रिय स्तरको निर्माण व्यवसायको संगठनमा कार्यरत रहेको छन् भने विशाल ढकाल हाल बेलायतमा रेस्टुरेन्ट व्यवसायमा संलग्न रहेको छन् । ढकाल पनि नेपाल रहँदा म्युजिक भिडियोमा कलाकारका रुपमा आवद्धता जनाउँदै आएका थिए । 

आफूले प्रारम्भिक तथा निम्न माध्यमिक तहसम्मको शिक्षा प्राप्त गरेको विद्यालयलाई हाल अध्ययनरत विद्यार्थीहरुकोे उज्ज्वल भविष्य को कामना गर्दै र विद्यालयको शैक्षिक गुणस्तरमा थप अभिवृद्धि गर्ने उद्देश्यले सामाग्री सहयोग गरेको विजय विक्रम श्रेष्ठले जानकारी दिए । भूतपूर्व विद्यार्थीहरुबाट सहयोग पाएपछि प्रधानाध्यापक महेन्द्र श्रेष्ठले आगामी दिनमा अन्य भुतपूर्व विद्यार्थीले पनि यसै गरी सहयोग गर्दै गए विद्यालयको शैक्षिक गुणस्तर अझै वृद्धि हुने आशा व्यक्त गरे । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)