nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पार्टी बनाउँछौँ, नगर बनाउँछौँ : काँग्रेस थाहानगर सभापति जोशी

IMG_20210928_130232-1632813702.jpg

२०४६ सालदेखि नेपाली काँग्रेसमा क्रियाशील बज्रवाराहीका प्रमोदकृष्ण जोशी  ९ असोजमा सम्पन्न नगर अधिवेशनबाट थाहानगर कार्यसमिति सभापति निर्वाचित भए । राजनीतिक क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्रमा समेत उत्तिकै क्रियाशील जोशी काँग्रेस नगर सभापतिमा निर्वाचनबाट बिजयी भएलगत्तै बधाइ दिँदै थाइटाइम्सले सोध्यो– सभापतिमा विजयी हुनुभयो, अब के गर्नुहुन्छ ? उनको जवाफ थियो– पार्टी पनि बनाउछौँ, नगर पनि बनाउछौँ । यही सेरोफेरोमा रहेर हामीले सभापति जोशीसँग थप दुई प्रश्न सोध्यौँ । प्रस्तुत छ सभापति जोशीको प्रतिक्रियाको सारसंक्षेप :

१. नेपाली काँग्रेसको नगर सभापतिमा निर्वाचित हुनुभयो, अब के गर्नुहुन्छ ?

– सर्वप्रथमतः मलाई राष्ट्रियता, लोकतन्त्र र समाजवादको नारा बोकेको लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसको नगर सभापति पदमा निर्वाचित गराउनुहुने सम्पूर्ण पार्टी पंक्तिप्रति धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु । लोकतन्त्रको मूल्य मान्यतालाई आत्मसात गर्ने पार्टीको नगर सभापतिजस्तो गरिमामय र महत्वपूर्ण पदमा निर्वाचित हुन पाउँदा म  खुश छु र थप गम्भीर भएकै छु, यसमा मलाई मत दिनुहुने प्रतिनिधिहरु नै यसमा थप आभारको पात्र हुनुहुन्छ । दोस्रो कुरा म बहुमतबाट विजयी भएको भए पनि म अहिले सिङ्गो नेपाली काँग्रेसको थाहा नगर प्रमुख हुँ । मैलै मलाई कसकसले मत दिए भन्दा पनि म काँग्रेसको सिङ्गो नगर सभापति भएकोले मैले त्यही अनुसारको अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ  भन्नेमा म सचेत छु । तेस्रो कुरा म एक्लै छुइन, दुई उपसभापति, दुई सचिब, दुई सहसचिब र सदस्यहरु हुुनुहुन्छ । हाम्रो यो ‘इन्टाएर’ टिमको पछाडि आम काँग्रेस कार्यकर्ताहरु छन् । तपाईको प्रश्नको जवाफ म यहीभित्र बाट दिन चाहन्छु । हाम्रो टिमको एउटै लक्ष्य छ, पार्टी बनाउने, नगर बनाउने । 

 

२. पार्टी कसरी बनाउनुहुन्छ ? 

तपाई हेर्नुस् न पार्टी कसरी बनाउने भन्दा पनि पार्टी कसरी बन्दैछ ? विगतको दशक यताको यहाँको राजनीतिक गणितले पनि यो प्रमाणित गरिसकेको छ । हाम्रो लोकप्रियता दिनप्रतिदिन बढ्दैछ । नगरमा वडा तहसम्म हाम्रो पार्टी संरचना बनिसकेको छ । पार्टीको माथिल्लो परिपत्र र निर्देशनअनुसार हामी थप परिचालित हुनेछौँ । यस क्रममा आगामी निर्वाचनलाई समेत मध्यनजर गरी हामी थप सशक्त हुनेछौँ । स्वतन्त्र अवस्थामा रहेका र अन्य पार्टीमा रहेकाहरु पनि अहिले हामी प्रति आकर्षित भइरहेका छन् । यो हाम्रो लागि खुशीको कुरा हो । चुनौति उनीहरुको व्यवस्थापनको हो । यसअघि पनि हामीतिर कुनकुन पार्टीबाट कुनकुन हैसियतका मानिसहरु आइरहेका छन् भन्ने तपाईंको मिडियालाई थाहा नै होला । उहाँहरु सबैको धारणा काँग्रेस बलियो बनाउनुपर्छ भन्ने नै छ । हाम्रो समग्र लक्ष्य नगरमा पार्टीलाई एक नम्बर बनाउने नै हो । हाम्रो सिद्धान्त, लक्ष्य, कार्यदिशाबारे बुझाएर जनतालाई आकर्षित गर्ने र सोही अनुसारको कार्यशैलीबाट व्यापक जनमत सिर्जना गरेर हामी नगरको पहिलो पार्टी बन्न सक्छौँ भन्ने हाम्रो विश्वास रहेको छ । ठ्याक्कै अहिलेकाे अवस्थामा  निश्चित रुपमा थाहामा हामी तेस्रो स्थानमा छौ । तर  काँग्रेस कमजोर भएर  तेस्रो भएको हैन ब्यबस्थापनमा केही कमजोरी भएर भएका हौ। केही वडा ७००देखि ८००  मत बढाउनुपर्ने छ भने बाँकी वडामा ५० देखि २५० मत बढाउनुपर्ने देखिन्छ। यसमा हामी लाग्ने हाे ।

 

३. ए होर, अनि नगरचाहिँ कस्तो बनाउने हो त ? 

ए होर भनेर तपाईले काँग्रेस थाहानगरको ठूलो पार्टी बन्न कसरी सक्छ भन्नेतर्फ इङ्गित गरेजस्तो लाग्यो । यसको जवाफ त समयले नै देला । तर अहिले नगरपालिकामा जुन ढंगले काम भइरहेको छ, जसरी विकासको मोडलबारे चर्चा भइरहेको छ, यसमा जनतालाई भ्रम छर्ने मात्र काम भइरहेको छ । नगरपालिका जुन गति र तरिकाबाट अघि बढ्नुपथ्र्यो, जे हुनुपथ्र्यो, त्यो भइरहेको छैन । समग्रमा थाहानगर समृद्धिको बाटोमा अघि बढिरहेको छैन । थाहा नगरपालिकाको नारा थाहानगरको आधार, कृषि पर्यटन र पुर्वाधार नारामा मात्रै सीमित भएको छ। कृषि र पर्यटन क्षेत्रमा गरिएको बजेट बिनियोजनले नै प्रष्टिन्छ नि हैन र?  अहिलेको कतिपय विकास भोलिका लागि विनासको कारण बन्नेछ । संघीयताको सही कार्यान्ययन संघ र प्रदेशको बजेट र योजना देखाएर हुँदैन । नगरको बजेटबाट ठोस रुपमा नगरस्तरमा यो विकास भयो भन्न सकिने अवस्था स्थानीय निर्वाचनको चार वर्षमा पनि सिर्जना हुन सकेको छैन । यो हाम्रो विडम्बना नै हो । यसको लागि जो सरकारमा छ, उही जिम्मेवार हुनुपर्छ । त्यस्तो महशुस गरेको पनि देखिँदैन । त्यसैले अब काँग्रेसको पक्षमा जनमत सिर्जना गर्ने र आगामी निर्वाचनमा पहिलो पार्टीको हैसियतमा पुगेर थाहानगरको समृद्धिमा ठोस काम गर्ने हाम्रो एक मात्र लक्ष्य हो । यस क्रममा यहाँका अन्य राजनीतिक दल, सामाजिक संघसंस्थासँग सहकार्य गरेर श्रोतको अधिकतम परिचालन गर्नेमा हाम्रो ध्यान केन्द्रित रहन्छ  ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)