nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पत्नीको हत्या गरेर भागेका आरोपी प्रहरीको नियन्त्रणमा

pakarau-1613804620.jpg

 दोलखाको कालिञ्चोक गाउँपालिका–६ मा हिमाल थामीले शनिवार बिहान पत्नीको हत्या गरेका छन् । 

बिहान साढे २ बजे घरायसी विवादमा २८ बर्षिय हिमालले २२ बर्षिया सुनिताको हत्या गरेका हुन् । पत्नीको हत्या गरेर भागेका हिमाललाई प्रहरीले पक्राउ गरेको छ । 

हत्याको सूचना पाएको सवा २ घण्टामा आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी भेषराज रिजालले रातोपाटीलाई बताए । 

कालिञ्चोक–६ खारेबेसी घर भएका हिमाललाई सोही गाउँपालिकाको वडा नम्बर–७ मा पर्ने इसाईगोलाबाट प्रहरीले पक्राउ गरेको हो । हिमालले खुकुरी प्रहार गरेर सुनिताको विभत्स तरिकाले हत्या गरेको प्रहरीले जनाएको छ । 

सुनिताको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल दोलखा पठाईएको छ । हत्याबारे अनुसन्धान शुरु गरिएको डिएसपी रिजालले बताए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)