palung-campus-1612448275.jpg
Saturday, 27th February, 2021
वि.स.

नेकपा थाहानगरको विस्तारित भेला भोलि, संघीय शिक्षा मन्त्री र मुख्य मन्त्री आउने

DK-1614001977.jpg

प्रधानमन्त्री केपी ओली अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को थाहा नगर विस्तारित भेला भोलि फागुन ११ गते जेसिज सभा हलमा हुने भएको छ ।

भेलाको सम्पूर्ण तयारी पूरा भएको भेला आयोजक कमिटिका संयोजक राजु नापितले बताए । संघीय शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ र वागमती प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलले भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार नेकपाका केन्द्रीय सदस्यहरु अनन्त पौडेल, रामेश्वर राना, रामचन्द्र राई, रघुनाथ खुलाल, सुभाषचन्द्र ठकुरी, प्रल्हाद लामिछाने, महेश बर्तौला लगायत केन्द्रिय नेताहरुको भेलामा उपस्थिति रहनेछ ।

भेलामा सहभागी हुन थाहा नगर बाहिर रहेका थाहा नगरका नेकपा कार्यकर्ताहरुको पनि विशेष उपस्थिति रहने नेकपा नगर नेता अच्युत्तमप्रसाद ढकालले जानकारी दिए । नेकपा जिल्ला कमिटी, थाहा नगर कमिटीका पदाधिकारीहरु, कार्यकर्ताहरु र समर्थकहरुसमेत गरी सैयौं संख्याका बीच भेला हुने आयोजकले जनाएको छ ।

https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes.com@gmail.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरु माझ देशविदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)