nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

नेकपा एमाले थाहा नगरको कार्यालय उद्घाटन

UML-1615643927.jpg

मकवानपुरको थाहा नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नगर कार्यालय उद्घाटन गरिएको छ । 

२९ फागुनमा आयोजित एक कार्यक्रमका बीच नेकपा एमालेका केन्द्रीय सदस्य सुभाषचन्द्र ठकुरीले एमाले थाहा नगर कमिटीको थानाबजारस्थित कार्यालय उद्घाटन गरे  । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड अनावरण गरेर कार्यालय उद्घाटन गरिएको नेकपा एमाले नगर कमिटी सदस्य पुरुषोत्तम ढकालले बताए ।

सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले  र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि थाहा नगरपालिकाको थानाबजारमा एमाले नगर कमिटीको कार्यालय खोलिएको हो । तीन वर्षअघि नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुनु अघि पनि एमाले थाहा नगर कमिटीको कार्यालय थानाबजारमै रहेको थियो  । पार्टी एकतापछि नेकपा एमालेले आफ्नो नगर कार्यालय र बोर्ड हटाएको थियो भने नेकपा माओवादी केन्द्रले उसको शिखरकोटस्थित नगर कार्यालयमा राखिएको बोर्ड एकताको अढाई वर्षसम्म हटाएको थिएन । 

यसैबीच नेकपा एमाले थाहा नगर कमिटीको आयोजनामा २९ फागुनमा थानाबजारमा प्रशिक्षणात्मक बैठक सम्पन्न भएको छ । एमाले नगर कमिटी अध्यक्ष अच्युत्तम प्रसाद ढकालको अध्यक्षतामा भएको बैठकमा सहभागी नगर कमिटीका पदाधिकारी तथा एमाले कार्यकर्ताहरुलाई केन्द्रीय सदस्य सुभाषचन्द्र ठकुरी, जिल्ला सचिबालय सदस्य एवम् थाहा नगर इन्चार्ज राजु नापित, जिल्ला सदस्य एवम् थाहा नगरपालिका संसदीय दलका प्रमुख शशिधर सुवेदीले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा एमाले जिल्ला सदस्यहरु बुद्धरत्न मानन्धर, बिमलकुमार ढकाल, सुरेन्द्रमान प्रधान, चित्रबहादुर बलामी, काजीमान थिङ लगायतको उपस्थिति रहेको थियो । 

बैठकले पार्टी निर्माणबारे विभिन्न निर्णयहरु गरेको एमाले नगर कमिटी सचिब कुमार नेगीले जानकारी दिए । बैठकमा गत पुस ५ गतेपछि प्रचण्ड–माधव समूहमा खुलेका नगर कमिटी सदस्यहरुको समेत उपस्थिति रहेको थियो । बैठकमा उनीहरुले थाहा नगरमा अब एमाले एक ढिक्का भएर अघि बढ्ने बताएका थिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)