nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

नीति–कार्यक्रममा समेट्न जसपा नेपालको थाहा नगरलाई ३८ बुँदे सुझाव(पत्रसहित)
सिङ्गो नगरकै कार्यक्रम जनमुखी बनाउनु पर्नेमा जोड

201045774_314511036965565-1623835781.jpg

जनता समाजवादी पार्टी नेपालले थाहा नगरपालिकालाई आगामी आर्थिक वर्ष २०७८/७९ को लागि विभिन्न सुझावहरु दिएको छ । नगरपालिकाले २७ असारमा एक पठाई सुझावहरु मागेकोले पार्टीको तर्फबाट २ असारमा सुझाव–पत्र पेश गरिएको सो पार्टीका प्रदेश समिति सदस्य एवम् थाहानगर प्रतिनिधि इन्द्रबहादुर श्रेष्ठले बताए ।

जनता समाजवादी पार्टीले थाहा नगरको २०७८/०७९ को निति तथा कार्यक्रमका लागि आधारको रुपमा भन्दै पेश गरिएको सुझावमा नगरका ७ वटा मुख्य क्षेत्र र तयसअन्तर्गत ३८ वटा बुँदा समेटिएका छन् । पाँच पृष्ठ लामो सुझाव–पत्रमा कृषि, स्वास्थ्य, पर्यटन, शिक्षा, खानेपानी, खेलकुद र पूर्वाधारलाई आधार बनाएर सुझावहरु प्रस्तुत गरिएको छ । 

पार्टीका थाहा नगर प्रतिनिधि श्रेष्ठले नगर उपप्रमुख खड्गबहादुर गोपालीलाई सुझाव पत्र पेश गरका थिए । पेश गरिएको सुझाव पत्रमा थाहा नगरमा आधुनिक कृषि प्रणालिको अवलम्बन गर्नुपर्ने पहिलो प्राथमिकता भनिएको छ । आधुनिक कृषि प्रणालिमा टनेल खेती तथा थोपा सिँचाई प्रविधिलाई मध्यनजर गर्दै बेरोजगार युवा लक्षित कृषि उत्पादन बजारीकरण तथा आधुनिकीकरण कृषि उपज प्रोत्साहन कार्यक्रमको लागि जोड दिनुपर्ने, कृषि उत्पादन सामाग्रीको बजारीकरणको लागि नगरभित्र रहेको कृषि सहकारी र बहुउद्देश्यीय सहकारीमार्फत कृषि उत्पादन सामाग्रिहरुको व्यवस्थित बजारिकरण गर्ने वातावरण मिलाउनु पर्ने, प्लाष्टिक पोखरी निर्माण लिफ्ट सिँचाई योजना र थोपा सिँचाईलाई प्रोत्साहन कार्यक्रम बनाउनु पर्ने जस्ता सुझावहरु दिइएको छ । त्यसैगरी, चिया, फलफुल, जैतुन, जडिबुटीजस्ता बहुबर्षीय बाली उत्पादनमा सम्भावित खोज, अध्ययन, अनुसन्धान गरी कार्यक्रम सञ्चालन गरिनुपर्ने, मौसमी तथा बेमौसमी फुल खेतीसमेत सम्भावित अध्ययन गरिनुपर्ने, थाहा नगरभरि असिनाले हरेक बर्ष दुःख दिने भएकाले किसानका लागि कृषि नेट अनुदान सहुलियत कार्यक्रम राखिनु पर्ने, थाहा नगरलाई श्वेत क्रान्तिमा आत्मनिर्भर बनाउन पशुपालन व्यवसायलाई उत्पादन मुलक बनाउन नगरभित्रकै दुग्ध तथा दुग्धजन्य बस्तु र मासुमा आत्मनिर्भर बनाउन किसान लक्षित बिषयक कार्यक्रम बनाउनुपर्ने र कृषि उत्पादन सामाग्रीहरुको प्रोसोधन गर्न छुट्टै उद्योग ग्राम सञ्चालन गरिनुपर्ने सुझाव दिइएको छ । 

स्वास्थ्य क्षेत्रको विकासको लागि प्राथमिक स्वास्थ्य चौकीलाई आधुनिक उपकरण सहित आवश्यक जनशक्तिको व्यवस्था मिलाउनु पर्ने , नेपाल सरकारद्धारा तोकिएको १५ सैया अस्पताललाई तत्काल निर्माण गरी सञ्चालनमा ल्याउन अबिलम्ब पहल गरिनु पर्ने, सरुवा रोगहरुको सुक्ष्म अध्ययन गरी पूर्व तयारीको व्यवस्थापन मिलाउनु पर्ने, आम नागरिकका लागि पूर्ण रुपमा कोरोना भाईरस विरुद्धको खोप ल्याउन अबिलम्ब पहल गरिनुपर्ने, स्वास्थ्य संस्थाहरुमा मुस्कान सहितको स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यकर्मीलाई सचेतना कार्यक्रम गर्नु पर्ने र नगरभरि  कोरोना भाईरस रोग सम्बन्धी सचेतना मुलक सन्देश दिने व्यानर राखि सचेत गराउने पर्ने तथा रोग प्रतिरोधि खाद्यान्न सम्बन्धी सूचना दिने सुन्देशहरु दिनुपर्ने सुझाव दिइएको श्रेष्ठले जानकारी दिए । 

पार्टीका थाहानगर प्रतिनिधि श्रेष्ठका अनुसार ‘थाहा नगरको विकासको अधार कृषि पर्यटन पूर्वाधार’ भन्ने नगरको नारा रहे तापनि पर्यटनसम्बन्धि हेर्ने छुट्टै शाखा नभएको हुँदा अबिलम्ब पर्यटन शाखाको स्थापना गरिनुपर्ने सुझाब दिइएको छ । त्यसैगरी सम्भावित वडाहरुमा पर्यटन ग्राम स्थापना गरिनु पर्ने, प्रत्येक वडामा कोसेली घरको व्यवस्थापन गरिनु पर्ने, नगरभित्र निर्माणाधीन पर्यटन पूर्वाधारहरु अविलम्ब सम्पन्न गरी संचालनमा ल्याउनु पन, धार्मिक स्थलहरुको संरक्षणमा जोडि दिनुपर्ने र विभिन्न शिलालेख तथा अभिलेखहको संरक्षण तथा प्रवद्र्धन गर्नु पर्ने सुझाव दिइएको उनले बताए । 

थाहा नगरका विद्यालयहरुलाई प्रविधि मैत्रि बनाउनु पर्ने, माविहरुमा जिविकोपाजर्न शिक्षा प्रणाली प्राविधिक शिक्षा, भित्र्यााउनुपन, शिक्षक दरबन्दि व्यवस्थापन गरिनुपर्ने, विद्यालय स्तरीय उपभोक्ता सचेतना कार्यक्रम तथा यौन शिक्षा, बाल बिवाह सम्बन्धी कार्यक्रम सन्चालन गरिनुपर्ने र शिक्षकहरुका लागि स्मार्ट शिक्षा तालिम उपलब्ध गराई स्मार्ट शिक्षा संचालनमा ल्याउन पहल गरिनुपर्ने सुझाव दिइएको छ । 

पानीको मुल संरक्षण कार्यक्रम बनाउनु पर्ने, डाँडापाखा, बन जंगलहरुमा पौराणिक पोखरी निर्माण गरी (वाटर रिचार्ज सेन्टर)हरु बनाउनुपर्ने, नगरस्तरीय  खानेपानी बोर्ड निर्माण गर्नुपर्नेजस्ता सुझावहरु दिइएको श्रेष्ठले थाहा टाइम्सलाई जानकारी दिए । खेलकुदतर्फ नगरभरि खेलकुद सम्बन्धी गतिविधि संचालन गर्न खेलकुद समतिको मातहतमा छुट्टै समिति तयार गर्नुपर्ने, खेलकुदमा पूर्वाधार निर्माणको लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने लगायत सुझाव पेश गरिएको श्रेष्ठले बताए । 

पुर्वाधारअन्तर्गत दर्घिकालिन योजनाहरु छनौट गरी प्रभावकारी कार्यक्रम संचालनमा ल्याउन जनता समाजवादी पार्टी नेपालले सुझाव दिएको छ । त्यसैगरी प्रमाणित विद्युत प्रशारण लाइन व्यवस्था मिलाउन पहल गरिनु पर्ने, त्रिभुवन हाई–वे र कुन्छाल कुलेखानी सडक तथा भित्री सडकहरु पनि अतिक्रमण गर िघर टहरा बनाउने कार्य रोक्न पहल गरिनुपर्ने, कुन्छाल कुलेखानी सडकको तत्काल लगत कट्टा गराउनु पर्ने सुझाव पनि दिइएको छ । श्रेष्ठका अनुसार इजाजतप्राप्त बाहेक सम्र्पूण खानी जन्य र नदी जन्य उत्खननमा रोक लगाउनु पर्ने, नगरपालिका तथा अन्य अनुदानद्वारा पूर्ण हुन नसकेका जन प्रभावकारी पूर्वाधार निर्माण कार्यहरुको क्रमागत कार्यक्रम राख्नुपर्ने सुझाव प्रस्तुत गरिएको छ । 

नगर भित्रको सम्पूर्ण पूर्वाधार निर्माण कार्यको सुक्ष्म अनुगमन गर्न नगरमा क्रियाशिल अन्तरपार्टिलाई समावेस गरी अधिकारसम्पन्न अनुगमन समिति बनाउनुपर्ने सुझाव पनि दिइएको छ । त्यस्तै स्थायी फोहोर व्यवस्थापन योजना बनाउनु पर्ने र नगरभित्र कृषि बिमामा सेण्डीकेट रहेको भन्ने बुझ्नमा आएको हुँदा खुल्ला कृषि बिमा गरिने व्यवस्था मिलाउनु पर्ने सुझाव सो पार्टीले दिएको छ । 

सो पार्टीले नगरमा जनमुखी कार्यक्रम लागू हुन नसकेको महशुस गर्दै सिङ्गो नगरकै कार्यक्रम जनमुखी बनाउनु पर्नेमा जोड दिएको छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)