nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

निमोनिया के हो ? संक्रमणबाट कसरी जोगिने ?

pnemonia-1607058642.png

सामान्य भाषामा निमोनिया फोक्सोमा संक्रमण हुने रोग हो । रोगसँग लडन सक्ने क्षमता कम भएका केटाकेटी र बुढापाकालालाई निमोनियाले बढी सताउँछ । बच्चा र वृद्धका लागि निमोनिया घातक पनि हुन सक्छ ।

विराटनगर न्यूरो कार्डियो एन्ड मल्टी स्पेसालिटी हस्पिटलका मेडिकल अफिसर तथा जनरल फिजिसियन डा. साहिल अन्सारीका अनुसार निमोनियाले बढी सताउने शारीरिकरुपमा कमजोर व्यक्तिलाई हो ।

उनका अनुसार निमोनिया विभिन्न किटाणुहरूका कारणले हुने गर्छ । विशेष प्रकारका किटाणुले आक्रमण गर्दा फोक्सोको संक्रमण र निमोनिया निम्त्याउन सक्छ । यी किटाणुले श्वासप्रणालीलाई नराम्रोरूपमा प्रभाव गर्न सक्छ । समुदाय तथा अस्पतालबाट पनि निमोनियाको संक्रमण हुन सक्छ ।

नवजात शिशु, साधारण रुघाखोकी लागेको बेलामा राम्रो स्याहार, चिसो, प्रदूषणले निमोनियाको जोखिम निम्त्याउन सक्छ ।

मधुमेह रोगी, दम, पुराना क्षयरोगी, दीर्घरोगी, श्वासप्रश्वासको समस्या भएका, रोग प्रतिरोधात्मक क्षमता कम भएका, इम्युनिटी बढाउनका लागि औषधि सेवन गरिरहेका मानिसमा बढी जोखिम हुन्छ ।

उनका अनुसार लक्षण नदेखिने साइलेन्ट निमोनिया पनि हुन सक्छ । यो निमोनिया कोरोना संक्रमितलाई देखिन सक्ने जोखिम छ । अन्य कारणले हुने निमोनियाको तुलनामा कोरोना भाइरसमका कारण हुने निमोनिया छिटो गतिमा फैलने गर्छ ।

अन्य कारणले हुने निमोनियाको उपचारका लागि एन्टिव्याक्टेरियल औषधि उपचार प्रशस्त छन् । तर, कोभिडका कारणले हुने निमोनियाको सफल उपचारका लागि कुनै औषधि छैन ।

संक्रमणले गर्दा श्वासप्रश्वासमा समस्या आएर मस्तिष्क तथा अन्य अंगमा अक्सिजनको कमी हुन जान्छ । निमोनिया बिग्रँदै जाँदा फोक्सोमा पानी जम्ने, पिप जम्ने र संक्रमण रगतमा सरेर शरीरका विभिन्न अंगलाई क्षति पुर्‍याउन सक्छ । जसका कारण शरीरका अंगहरूले काम गर्न बन्द गर्छ र समयमा उपचार नपाएमा निमोनियाका कारण मानिसको मृत्युसमेत हुन सक्छ ।

जाडोमा निमोनिया किन बढी देखिन्छ ?

चिसोका कारण मात्रै निमोनिया हुन्छ भन्ने भ्रममात्र हो । निमोनिया फोक्सोमा संक्रमण भएर फोक्सोको क्षति भएपछि हुन्छ । जाडोमा वातावरण सुख्खा हुन्छ । प्रदूषण पनि बढ्ने गर्छ ।

प्रदूषित हावामा विभिन्न प्रकारका व्याक्टेरिया हुने गर्छ । त्यसको असर श्वासप्रश्वासबाट सिधै फोक्सोमा पर्छ । चिसोमा अक्सिजनको मात्राभन्दा कार्बनडाइअक्साइडको मात्रा बढी हुन्छ । त्यसले पनि निमोनिया बढाउन सहयोग पुर्‍याउँछ ।

निमोनिया हुँदा के गर्ने ?

निमोनिया छाति तथा फोक्सोको रोग हो । फोक्सोको रोग भएकाले खोकी लाग्ने, श्वासप्रश्वासको समस्या हुनु स्वभाविक हो । निमोनिया हुँदा ज्वरो आउने, छाति दुख्ने, सास फेर्न गाह्रो हुने, चाँडो(चाँडो सास फेर्ने, कोखामा हान्ने, शरीर शिथिल हुने लक्षण देखा पर्छ ।

बच्चामा निमोनिया भएमा शरीरको कोखा घोच्ने समस्या बढी हुन्छ । पहिलाबाट निमोनिया भएकालाई धुम्रपानले अझ जटिल बनाउँछ । संक्रमितमा निमोनिया भएको एक्सरे वा सिटी स्क्यानले थाहा पाउन सकिन्छ ।

बच्चामा निमोनिया भएमा शरीरको कोखा घोच्ने समस्या बढी हुन्छ । पहिलाबाट निमोनिया भएकालाई धुम्रपानले अझ जटिल बनाउँछ ।

निमोनियाका कारणले हुने मृत्युबाट जोगाउन सबैभन्दा पहिला रुघाखोकी लाग्दा हेलचेक्र्याइँ गर्न हुँदैन । निमोनिया एक व्यक्तिबाट अर्कोमा सर्न सक्ने हुँदा मास्क लगाउने, सामाजिक दुरी अपनाउने तथा भिडभाडबाट सतर्क रहनु पर्छ ।

निमोनियाबाट बच्नका लागि निमोनियाविरुद्धको खोप पनि लगाउन सकिन्छ । सरसफाइ र स्वच्छतामा ध्यान दिँदा पनि निमोनियाबाट बच्न सकिन्छ । साथै, निमोनिया भएको संकेत देखा परे उपचारका लागि चिकित्सकसँग सल्लाह गर्नुपर्छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)