Tuesday, 22nd September, 2026
वि.स.

निःशुल्क महिला स्वास्थ्य शिविरमा एकैदिन १ सय २ जनाले सेवा लिए

sibir-1613141441.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा संचालन भएको निःशुल्क महिला स्वास्थ्य शिविरको पहिलो दिन १ सय २ जनाले सेवा लिएका छन् ।   

थाहा नगरपालिका, बिङ यूथ र पालुङ जेसीजको सहकार्यमा माघ ३० र फागुन १ गतेसम्म संचालन हुने निःशुल्क महिला स्वास्थ्य शिविरमा यति धेरैले सेवा लिएका हुन् । शिविरमा महिलाहरुको पाठघर खस्ने समस्याको विशेष उपचार हुने पालुङ जेसीज वर्ष २०२१ का अध्यक्ष नवराज लामाले बताए ।  

शिविरको पहिलो दिन ३ जनामा बाँझोपन, पाठेघरको मुखमा मासु पलाएको एक महिलामा समस्या भएकोको सुरक्षित उपचार भएको, पिआइडी केश ८० जनालगायत अन्य विभिन्न रोगको सफल उपचार तथा परामर्श सेवा प्रदान गरिएको पालुङ जेसीज वर्ष २०२१ का कोषाध्यक्ष निरज रायमाझीले जानकारी दिए । 

शिविर विहान १० देखि अपरान्ह ४ बजेसम्म संचालन हुने शिविरको सहकार्य गर्ने संस्था बिङ यूथले जनाएको छ । शिविरमा सम्पूर्ण स्त्री रोग परीक्षण सेवा तथा पाठेघर खस्ने महिलाको विशेष उपचार गरिने छ । 

शिविरमा विशेषज्ञ चिकित्सकहरुबाट निःशुल्क उपचार हुनेछ भने स्वास्थ्य सम्बन्धी परामर्श र निःशुल्क औषधि पनि वितरण हुने थाहा नगरपालिकाले जनाएको छ । शिविरमा सहभागी भई निःशुल्क सेवा लिन सम्पूर्णमा पालुङ जेसीजले आग्रह गरेको छ ।
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०