Thursday, 24th September, 2026
वि.स.

धारामाथि पहिरो खस्दा पानी लिन गएकी महिलाको मृत्यु

बझाङमा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ।

तलकोट गाउँपालिका-६ रजाडामा पहिरोमा पुरिएर ६० वर्षीया सुना दमाईको मृत्यु भएको हो।

शुक्रबार धारामा पानी भर्ने बेला माथिबाट जमिन भासिएर पहिरो जाँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।जिल्लामा शनिबार सेती नदीको बहाब बढेपछि माछा मार्न, दाउरा उतार्न लगायत जोखिम ठाउँ तथा पुलमा जान प्रशासनले रोक लगाएको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०