nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

दीपक मनाङेकी श्रीमती हेटौंडाबाट पक्राउ

girl-,pakrau-1606304979.jpg

प्रहरीले गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेकी श्रीमती दिक्छेनलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा उजुरी दिन गएका बेला उनलाई पक्राउ गरिएको हो ।

मकवानपुरका एसपी सुशील सिंह राठौरका अनुसार जिल्ला प्रहरी कार्यालय, कास्कीले पठाएको फरार सूचीको पत्र अनुसार उनलाई पक्राउ गरिएको हो । ‘उहाँ अरु कुनै विषयको उजुरी लिएर आउनु भएको थियो, त्यसक्रममा उहाँ फरार सूचीमा भएको थाहा पाएपछि पक्राउ गरेका हौं’, राठौरले भने । कास्की जिल्लाको पोखराबाट बहुमुल्य धातुको मुर्ति चोरी गरेको घटनामा उनी फरार सूचीमा थिइन् । 

उनी लामो समयदेखि हेटौंडा–१२ मा रहेको माइतीमा बस्दै आएकी थिइन् । उनलाई कास्कीमा पठाउने तयारी गरिएको एसपी राठौरले बताए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)