nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरका दीपक–सजना जोडीको उदाहरणीय काम: विवाह भोज स्थगित

123-1620007826.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ खैटेका दीपक रायमाझीले १९ वैशाखमा विवाह सम्पन्न गरे । विवाह परम्परा अनुसार भोलिपल्ट प्रितिभोज खुवाउनु पर्ने परम्परा छ । तर, उनले कोभिड–१९ (कोरोना भाइरस) को उच्च जोखिमका कारण भोज स्थगित गरेका छन् । नेपाल सरकारले भोजभत्तेर नगर्नका लागि सार्वजनिक सूचना गरिरहेका बेला अटेर गर्नेहरुका विरुद्ध दीपक उदाहरणीय बनेका छन् ।

आम आफन्त, घरगाउँबासीहरुको स्वास्थ्य सुरक्षालाई मध्येनजर गरेर दीपकको परिवारले गरेको निर्णय सबैले स्वागत गरेका छन् । उनको निर्णयलाई सकारात्मक रुपमा लिँदै यसको नगरपालिकाले उच्च मूल्यङ्कन गरेको नगर प्रमुख लवशेर विष्टले जनाएका छन् । दीपकको परिवारको निर्णय आम नागरिकको स्वास्थ्य सुरक्षाको हितमा रहेको छिमेकी निरज रायमाझीले प्रतिक्रिया दिए । रायमाझीले भने-'नियम अटेर गर्नेले दीपकको परिवारबाट सिक्नुपर्छ ।'

स्वास्थ्य सबैभन्दा ठूलो कुरा भएको महसुश गर्दै भोज स्थगित गरिएको दीपकले बताए । उनले भने-'हामीले वडा कार्यालयसंग पनि सल्लाह गर्यौ, सबैको सल्लाहमा भोज स्थगित गरेका छौ ।' संवेदनशील अवस्थामा सबै तयारीकाबीच पनि भोज स्थगित गरेको बताउँदै उनले सबैलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन अनुरोध समेत गरेका छन् । 

दीपकको डाँडागाउँ निवासी सजना भुजेलसंग विवाह भएको हो । 

हामी, दीपक र सजनाको सुखद् दाम्पत्य जीवनको शुभकामना व्यक्त गर्दछौं ।  
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)