nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

दिल्लीमा बेचविखनमा परेकी युवतीको उद्धार

victim-1597218304.jpg

 एक वर्षअघि काठमाडौंबाट भारतको नयाँ दिल्लीमा बेचबिखनमा परेकी युवतीको उद्धार गरिएको छ ।

आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको पहलमा  उनलाई उद्धार गरी स्वदेश फिर्ता गरिएको छ । दिल्लीको माल्बिय नगर पुर्‍याइएपछि उनलाई पूजा नाम गरेकी महिला र उनका श्रीमानले यौन व्यवसायमा लगाएका थिए ।

आफन्त नेपालमा क्रियाशील नवीन जोशीका अनुसार ती युवतीलाई एक एजेन्टले नै माया गर्ने नाटक गरेर राखेको तथा सोही काम गराउँदै पैसा आफैं लिने गरेपछि उनले आफू फसेको महसुस गरेकी थिइन् । स्वदेश फिर्तापछि ती महिलालाई हाल होम क्वारेन्टिनमा राखिएको छ ।

आफन्त नेपालका परामर्शदाता तथा उनको स्वदेश फिर्तीमा प्रत्यक्ष संलग्न लक्ष्मी विष्टका अनुसार उनको मानसिक स्थिति बिग्रिएको छ । उनका अनुसार थुप्रै औषधि प्रयोग गराइरहँदा मानसिक स्थिति बिग्रिएको देखिन्छ ।

आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराईले यस्तो विषम परिस्थितिमा पनि उनको उद्वारमा अहोरात्र खटिएका आफन्त नेपाल र रेस्क्यु फाउन्डेशनका उद्वारकर्ता र परामर्शकर्ता तथा स्वदेश फिर्तीमा सहयोग पुर्‍याउने नेपाली दूतावासप्रति आभार व्यक्त गरे ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)