nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

दशैमा भान्जाहरुलाई नयाँ घर !

mamaghar-1603768719.jpg

सडक बालकलाई उद्दार, संरक्षण तथा आश्रय प्रदान गर्दै आइरहेको मामाघर नेपालमा यो वर्ष पनि दशैं मनाइएको छ ।

संरक्षित बालकहरुलाई मामाघरका कार्य समिति सदस्यले टिका तथा जमरा लगाईदिएका छन् । कोरोनाका कारण यो पटक संस्थाभित्रका सदस्यबीच दशैं मनाइएको मामाघर नेपालका संरक्षक अर्पण पराजुलीले जानकारी दिए । ‘विगतका वर्षहरुमा झैं सहयोगीदाताहरुबाट सहयोग प्राप्त भयो । कार्यसमितिका सदस्यले मामाघरको संरक्षणमा रहेका भान्जाहरुलाई टिका लगाइदिने काम भयो ।’ पराजुलीले भने, ‘कोरोनाका कारण सबैक्षेत्रमा परेको प्रभाव मामाघरमा पनि नपर्ने कुरै भएन । जे जस्तो भएपनि दशैं मनाएर आपसमा खुशी बाँडिएको छ । ’

मामाघरमा संरक्षित बालकलाई विगतका वर्षहरुमा दशैं मनाउँन खशी, नयाँ लुगा सहयोग हुँदै आएकोमा यो पटक पनि विभिन्न सहयोगीले सहयोग प्रदान गरेको पराजुलीले बताए । ‘ यो दशैंमा पनि मांसाहारी र शाकाहारी इच्छा अनुसार भोजनको व्यवस्था , नयाँ लुगा प्रदान गरियो । ’ संरक्षक पराजुलीले भने, ‘दशैं, तिहारजस्ता पर्वको महत्वका बारेमा जानकारी गराउँदै उनीहरुलाई सामाजिकीकरणका लागि यस्ता चाडपर्व, उत्सव मनाउन हामीले सहयोगी भूमिका निर्वाह गरिदिनुपर्छ । ’ विभिन्न चाडपर्व, रितिरिवाज, अनुशासन लगायतका विषयमा जानकारी गराउँदा थप ज्ञान सिकाई हुनाले सबै बालगृहले यस्ता कार्यलाई निरन्तरता दिनुपर्ने संरक्षक पराजुलीको भनाई छ ।

वि.सं.२०६८ साल कात्तिकमा एउटा भाडाको घरबाट सुरु भएको मामाघर परियोजना नामक अभियान अहिले मामाघर नेपालको रुपमा हेटौंडा ११ स्थित आफ्नै नव निर्मित भवनमा संचालित छ । सुरुदेखि हालसम्म विभिन्न कारण सडकमा आइपुगेका १८३ जना बालक उद्दार, संरक्षण तथा आश्रय प्रदान गरेको मामाघरले १३१ जनालाई परिवारमा पुन:स्थार्पना गरेको छ । बालगृहको संरक्षणमा रहेकाहरु अहिले विभिन्न स्वरोजगार हुन थालेका छन् भने कतिपय कला तथा खेलक्षेत्रमा पनि राम्रो सम्भावना बोकेर क्रियाशील बनेका छन् । ‘ आफूहरुले उद्दार गरी संरक्षण प्रदान गरेकामध्ये कतिपयले विवाह गरे । कतिपय विभिन्न स्वरोजगार, रोजगारमा लागे कतिपय विभिन्न क्षेत्रमा राम्रो सम्भावना सहित अघि बढिरहेका छन् । ’ संरक्षक पराजुलीले खुशी व्यक्त गरे, ‘ वेसाहारालाई संरक्षण प्रदान गर्दा मात्रै उनीहरुको जीवनमा आमूल परिवर्तन गर्न सकिन्छ भन्ने अनुभूत भएको छ । यसमा सुरुवातदेखि नै मनकारीहरुको सहयोगको हात छ । ’

अहिले मामाघरमा नियमित जसो २५-३० जना संरक्षणमा छन् । सडकबाट उद्दार गर्ने राख्ने अनि पारिवारिक पुन:स्थार्पना गरिने कार्य निरन्तर चलिनै रहेको पाइएको छ ।

स्थानीय, प्रदेश तथा संघीय सरकारले अघि सारेका बालमैत्री अभियान, बालसंरक्षणका विभिन्न पाटामा सरकारलाई सहयोग पुग्ने गरी आफूहरुको अभियान साथमै रहेको पराजुलीको भनाई छ ।

-लोकखबरबाट



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)