nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा नगरप्रमुख विष्टले भने– 'जनताको जीवनस्तरमा आएको परिवर्तनले सन्तुष्ट छु'

thaha_12-1624088994.jpg

 थाहा नगरपालिकाले नगरपालिका भित्र जनताको आवश्यक्ता र माग अनुसार काम भएको बताएको छ । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरद्धारा ४ असारमा गरिएको अनुगमनका क्रममा थाहा नगरपालिकाका मेयर लबशेर बिष्टले आवश्यक्ता र मागका अनुसार जनताको जिवन स्तरमा कृषि तथा पशुपालनले ल्याएकाे परिर्वतनबाट अधिक सन्तुष्टि मिलेको बताए ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गएको अनुगमन टोलीलाई मेयर बिष्टले भौतिक पूर्वाधार, सामाजिक÷आर्थिक विकासका थुप्रै कामहरु भएको र त्यसबाट जनताले प्रत्यक्ष लाभ लिन पाएकोमा सन्तुष्ट रहेको बताए । चार वर्षमा जनतासंग प्रत्यक्ष जोडिने कामहरु थुप्रै भएको र त्यसबाट जनता सन्तुष्ट रहेको र त्यसमै आफु पनि सन्तुष्ट रहेको उनको भनाई थियो । नगरपालिकाको सानो लगानीमा कृषि क्षेत्रमा लागेका किशानहरुले राम्रो लाभ लिन सकेको र आम्दानी बृद्धि गर्न सकेकोमा अधिक सन्तुष्टि मिलेको उनले बताए । उहाँले जनताको माग अनुसार अझै पनि सडक पूर्वाधारका केहि गर्नुपर्ने काम आर्थिक अभावका कारण पुरा गर्न नसकेकोमा भने खल्लो महसुस गरेको बताए ।

अनुगमन टोलीले प्रदेश सरकारकाे ५ करोड ७५ लाखको लागतमा निर्माणाधीन थाहा पार्क, कोसेलीघर, बागमती प्रदेश सरकार र सहकारीको ११ करोड ४७ लाख लागनीमा निर्माणधीन कोल्ड स्टोर, प्रदेश सरकारकै लगानीमा निर्माणधीन रिटेनीङवाल, तटबन्धन, सडक पूर्वाधार जनकल्याण मावि, कभडर्हललगायतको अनुगमन गर्नुका साथै टोलीले नगरपालिकामा कोरोनाको अवस्थाका बारेमा समेत जानकारी लिएको थियो । सो क्रममा नगरपालिकामा दोस्रो भेरियन्टको कोरोना भाईरसमा हालसम्म १ हजार ६०९ जनाको परिक्षण भएकोमा ७३८ जनामा पोजेटिभ देखिएको र हाल नगरपालिकामा ५९५ जना सकृय संक्रमित रहेको जानकारी दिईएको थियो । हालसम्म १३६ जना मात्र निको भएको र नगरपालिकामा ७ जनाको मृत्यु भएको बताईएको छ । सकृय संक्रमितहरु मध्ये ५६० जना होम आइसोलेसनमा र १२ जना संस्थागत आइसोलेसनमा रहेका छन्, भने २३ जनालाई अन्यत्र रिफर गरिएको छ ।

अनुगमनका क्रममा जिसस प्रमुख खुलालले आगामी आर्थिक वर्षको निति कार्यक्रम तथा बजेट निर्माण गर्दा कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर बजेट निर्माण गर्न सुझाव दिए। उनले अधुरा योजना सम्पन्न गर्ने, कोभिड प्रकोप न्युनिकरण, युवा तथा रोजगार लक्षित एवम् सरुवारोग अस्पताल निर्माण र जिल्ला स्तरीय कार्यक्रमलाई ध्यानमा राख्दै बजेट विनियोजना गर्न सुझाव दिए । सो क्रममा प्रमुख खुलाललगायतले नेकपा एमाले मकवानपुर जिल्ला कमिटी सदस्य एवम् थाहा नगर इन्चार्ज राजु नापितको निधन प्रति परिवारजनसंग भेटेर श्रद्धाञ्जली व्यक्त गरेका थिए । यस्तै नेकपा एमाले थाहा नगर कमिटीका अध्यक्ष अच्युत्तमप्रसाद ढकाललाई मातृशोक परेकोप्रति घरमै पुगेर श्रद्धाञ्जली व्यक्त गरेका थिए।  अनुगमन टोलीमा जिसस उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी आनन्दराज पोखरेल, शाखा अधिकृत भीमलाल महर्जन, नायब सुब्बा उपेन्द्रनाथ पोखरेल, लेखापाल अर्जुन दाहाल, खरिदार विश्वास राना, गरिबसंग विशेश्वर कार्यक्रमकी जिल्ला सहजकर्ता सुनिता घिमिरेलगायतको सहभागिता थियो ।

शब्द तथा तस्वीर : विश्व अधिकारी