nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा नगरपालिकालाई सन्जितले गरे स्वास्थ्य सामाग्री सहयोग

sanjit-support-1622116989.jpg

मकवानपुरको थाहा नगरपालिकामा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्धेश्यले एक युवाले आफ्नो पहलमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । 

थाहा नगरपालिका वडा नम्बर ३ घर भई हाल काठमाडौँ बस्दै आएका सन्जित कार्कीले आफ्नो दिवङ्गत माता सुन्तली कार्कीको स्मरण गर्दै नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

कार्कीले नगरपालिकाका प्रमुख लवशेर विष्टलाई १९ थान अक्सिमिटर, २० लिटर सेनिटाइजर र छ प्याकेट मास्क हस्तान्तरण गरेकोे थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिए ।

थाहा नगरपालिकामा कोरोनाको दोस्रो लहरबाट झण्डै पाँच सय व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । 


 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)