nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा नगरपालिकामा आयो नयाँ एम्बुलेन्स

198866309_289455702872010-1623398079.jpg

थाहा नगरपालिकामा स्थानीय बासिन्दाको आर्थिक संकलन अभियानबाट नयाँ एम्बुलेन्स भित्र्याइएको छ । ‘निःशुल्क एम्बुलेन्स’ अभियान नै सञ्चालन गरेर थाहा नगरपालिका वडा नम्बर  १ ओखरबजारका युवाहरुले तीन वर्षअघि आर्थिक सङ्कलन अभियान शुरु गरेका थिए । अन्ततः  उनीहरुको अभियानले सार्थकता प्राप्त गरेको छ । 

व्यक्तिगत सम्पर्क, सामाजिक सञ्जालको प्रयोग आदिका माध्यमबाट आर्थिक सङ्कलन अभियान अन्तर्गत रु. २४ लाख सङ्कलन गरेर एम्बुलेन्स खरिद गरिएको एम्बुलेन्स सञ्चालक समितिका अध्यक्ष सुुरेन्द्रमान प्रधानले जानकारी दिए । 

समितिले प्राविधिक हिसाबले थाहा नगरपालिकाको नाममा एम्बुलेन्स खरिदका लागि प्रक्रिया अघि बढाएको थियो । अब एम्बुलेन्स संचालन कार्यविधि तयार गरी संस्थागत रुपमा ल्याय्म्ह ः पुचः मकवानपुर शाखाबाट सञ्चालन गरिने प्रधानले बताए । 

एम्बुलेन्स खरिदका लागि प्रक्रिया ढिला हुने भएपछि एम्बुलेन्स संचालक समितिले अर्को एम्बुलेन्स प्रयोग गरे बापतको भाडा भुक्तानी गर्दै आएको थियो ।  ‘आर्थिक अभावले मानिस अस्पताल पुग्न नपाइ मर्न नपरोस् भन्ने चाहनाले हामी युवाहरुले २०७५ सालको न्हुदँया भिन्तुनाको अवसरमा यो कार्यक्रम घोषणा गरेका थियौँ, सबै जनताले विश्वास गर्नुभयो,’ समितिका अध्यक्ष प्रधानले भने, ‘विभिन्न चाडवाड तथा जन्मदिनहरुमा खुसीयाली मनाउने चलनहरुले महत्व लिइरहेको छ, त्यसरी क्षणिक रमाइलोमा खर्च गर्नु भन्दा सामाजिक सेवामा मन जाओस् र हामी अर्काका लागि बाँच्दैछौँ भन्ने भावना पनि जागृत होस् भन्ने चाहानाले यो एम्बुलेन्स खरिद गरेका हौँ ।’



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)