nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा नगरपालिकाको कुन वडामा कति परीक्षण, परीक्षण सङ्ख्या कम भएका वडाहरु यी हुन् (तालीकासहित)

Untitled-2-1622689204.jpg

थाहा नगरपालिकामा कोरोना सङ्क्रमण दर घट्न थालेको छ । १९ जेठमा एन्टिजेन र पिसिआर गरी ३० जनामा गरिएको परीक्षणको रिपोर्टमा ८ जनाको पोजिटिभ आयो । यो भनेको करिब २७ प्रतिशत हो । कुनै दिनमा ८० प्रतिशतसम्म सङ्क्रमण देखिएको थाहा नगरमा २७ प्रतिशतलाई पनि कम मान्नुपर्ने स्थिति छ । तर यसबाट चित्त बुझाउन सकिने देखिँदैन । 

थाहाको समग्र परीक्षणको आँकडा हेर्दा वडागत रुपमा एकनाशको   देखिँदैन । कोरोनाको लक्षणसँग मिल्दोजुल्दो लक्षण भएर स्वास्थ्य संस्थामा जचाउँन आएको र  टोल–समुदायमै पुगेर जाँचेको दुबै आँकडालाई नगरपालिकाले वडागत रुपमा वर्गीकरण गरेर सार्वजनिक गर्ने गरेको छ । 
हेर्नुहोस् वडागत विवरण :

यसरी थाहा नगरपालिकामा ५, ९, १० र १२ नम्बर वडाहरुमा कोरोना परीक्षणको सङ्ख्या कम देखिएको छ । ५ नम्बर वडामा २१, ९ नम्बरमा २४, १० नम्बरमा १६ र १२ नम्बरमा २५ जनामा परीक्षण गरिएको छ । वडा नम्बर ११ मा अहिलेसम्म ५२ जनाको परीक्षण गरिएको छ । यसमध्ये वडा नम्बर ५ र १० मा कोरोना सङ्क्रमितको मृत्युसमेत भइसकेको छ । 

केही वडाहरुमा निकै कम मात्रामा परीक्षण हुनुको कारणबारे थाहा टाइम्सले कोभिड व्यवस्थापनका चिकित्सक शक्ति चौरासियासँग जिज्ञाशा राख्दा उनले कतिपय वडाहरुबाट ‘कन्ट्याक्ट’ नै गर्न नआएको बताए । ‘उनीहरु सम्पर्कमा नै आउँदैनन्, सम्पर्क भा'को ठाउँमा हामी गएका छौँ’ उनले भने । 

१९ जेठमा सम्पन्न थाहा नगरस्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण समितिको बैठकमा नगरप्रमुख लवशेर विष्टले स्वास्थ्यकर्मीसँग यही जिज्ञाशा राखेका थिए । नगरप्रमुख विष्टले परीक्षण कम भएका वडाहरुमा दायरा बढाउन स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् । 

कतिपय स्थानमा स्वास्थ्यकर्मी परीक्षणका लागि पुग्दा जचाउँने व्यक्तिहरु कम हुने र सकेसम्म जचाउँनै नमान्ने गरेको थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताएका छन् । 


 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)