nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा नगरका जीर्ण मध्यकालीन ढुङ्गेधाराको जीर्णोद्धार हुने

dhungedhara-1611220021.jpg

उत्तरी मकवानपुरको थाहा नगरपालिका पालुङमा जीर्ण अवस्थामा रहेको मध्यकालीन ढुङ्गेधाराको जीर्णोद्धार हुने भएको छ । ऐतिहासिक महत्व बोकेको ढुङ्गेधारा जीर्ण भएपछि संरक्षणको लागि स्थानीयवासीले निरन्तर पहल गर्दै आएकोमा वाग्मती प्रदेश सरकारको सहयोगमा जीर्णोद्धार हुन लागेको हो ।

यसअघि पछिल्लोपटक ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षणमा जोड दिँदै आएका वागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले जीर्ण ढुङ्गेधाराको अवलोकन–निरीक्षण गरेका थिए । प्रदेशको खानेपानी तथा सरसफाइ डिभिजन–१ कार्यालयले पालुङमा ऐतिहासिक ढुङ्गेधाराको जीर्णोद्धार गर्न लागेको मन्त्री फुयाँलले जानकारी दिए । ढुङ्गेधारा जीर्णाद्धारको काम शुरु गर्नु अघि खानेपानी तथा सरसफाइ डिभिजन–१ कार्यालयका इञ्जिनीयर शेखर कोइराला, प्राविधिक यदुनाथ न्यौपाने र पुरातत्व विभागका ध्रुब अधिकारीसहितको टोलीले आज उपभोक्ता समितिसँग छलफल गरेको छ ।

ढुङ्गेधारा जीर्णाद्धारको लागि लागत स्टमेट तयार भई बजेटसमेत स्वीकृत भइसकेको र अब तुरुन्तै उपभोक्ता समितिसँग सम्झौता गरेर पुनर्निर्माणको काम शुरु गरिने इञ्जिनीयर खनालले जानकारी दिए । जीर्णोद्धारका लागि रु १६ लाख खर्च हुने अनुमान गरिएको कार्यालयले जनाएको छ ।

यसअघि राष्ट्रिय समाचार समितिले थाहानगरको ऐतिहासिक ढुङ्गेधारासँगै स्थानीय संस्कृति लोप हुने खतरासम्बन्धी आलेख प्रकाशन गरेको थियो । थाहा नगरमा रहेका ४५ वटा ऐतिहासिक ढुङ्गेधारामध्ये पालुङको डबलीमा रहेको जीर्ण ढुङ्गेधारा मध्यकालमा निर्माण गरिएको मानिन्छ । कालन्तरमा जीर्ण बन्दै गएपछि ४२ मौजाको जिम्मावाल रहेको बेला तोयापानी प्रधानले विसं १९९९ मा उक्त ढुङ्गेधारा जीर्णोद्धार गरी पुनर्निर्माण गरेका थिए । त्यसयता उचित संरक्षणको अभावमा दुईवटै ढुङ्गेधारा जीर्ण बन्दै गएका थिए ।

इञ्जिनीयर खनालले पालुङमा रहेका दुईवटै ढुङ्गेधाराको पुरातत्व विभागको मापदण्डअनुसार पुरानै शैलीमा जीर्णोद्धार गरिने बताए । दुबै ढुङ्गेधारामा गरुड, नारायण र सरस्वतिका मूर्ति रहेका छन् । एउटा धारामा रहेको सिङ्गमरमरको मूर्ति चोरी भएपछि बुद्धको मूर्ति राखिएको छ । केही वर्षअघिसम्म धारामा तिरतिर पानी आइरहेकोमा अहिले सुकेको छ ।रासस



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)