.-1624118193.jpg
Sunday, 20th June, 2021
वि.स.
33-1624076000.jpg

थाहा–७ सल्ले–राम्चेका युवाहरुको उदाहरणीय काम : टोलका सङ्क्रमितलाई एक क्यारेट अण्डा

egg-1622447152.jpg

आफ्नो गाउँटोलका  कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका बिरामीहरुलाई प्रतिरोधात्मक क्षमता बढाउन स्थानीय युवाहरु कम्मर कसेर लागेका छन् । ‘आफ्नो टोलका बिरामीहरुलाई टोल–छिमेकले नहेरे कसले हेर्ने ?’ भन्दै मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ सल्ले र राम्चेका युवाहरुले टोलमा रहेका सङ्क्रमितहरुका लागि पोषिलो आहार अभियान सञ्चालन गरेका छन् । 

स्वतः स्फूर्त रुपमा संगठित भएका युवाहरुले दुईवटा टोलमा रहेका ८ जना कोरोना सङ्क्रमितहरुलाई सोमबार एक क्यारेट कुखुराको अण्डाको दरले उपलब्ध गराएका छन् । युवाहरुले सङ्क्रमितहरुको घर दैलोमै पुगेर अण्डा वितरण गरेको समूहका शुभराज गोलेले बताए । 

थाहा नगरपालिका साविक आग्रास्थित राम्चे र सल्लेमा गरी जम्मा ३७ घरधुरी छन् । सबै घरपरिवारको एउटा समूह ‘गुठी’ जस्तो बनाएर सबैको सुखदुःखमा साथ दिने गरिएको स्थानीय गोलेले बताए । ‘हाम्रो गुठीजस्तै हो, तर युवा समूह भन्छौँ,’ उनले भने, ‘नेतृत्व युवाहरुले गरेका छन् । 

थाहा नगरपालिकाका कतिपय टोलमा कोरोना परीक्षण गर्न स्वास्थ्यकर्मीहरु पुग्दा बिरामीहरु जचाउँनै नमानिरहेको बेला राम्चेमा भने एकै दिन २२ जनाले एन्टिजेन परीक्षण गराएका थिए । उनीहरुमध्ये ८ जनामा कोरोना पोजिटिभ देखिएको थियो । 

कोरोना पोजिटिभ भएको थाहा पाएपछि छरछिमेकले समेत दुरदुर गरिरहेको समाचार आइरहेको बेला सल्ले–राम्चे युवा समूहका सदस्यहरु भने बिरामीहरुलाई भेट्दै सान्त्वना दिने गरेका छन् । सुरक्षाका उपायहरु अपनाएर बिरामीहरुलाई भेटेर स्वास्थ्य अवस्था बारे जानकारी लिने र सके–जानेको परामर्श दिने गरेको शिक्षकसमेत रहेका सुजिन्द्र गोलेले बताए ।

सबै तामाङ जातिका मानिसहरु बसोबास गरिरहेको सल्ले र राम्चेलाई कोरोनामुक्त गाउँ बनाउने गरी टोलमा सल्लाह भइरहेको गोलेले बताए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)