nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा–४ को किटेनीमा तरुण दलको ५१ सदस्यीय कमिटी, माओवादी समर्थक ५८ जना काँग्रेस प्रवेश 

ab-1633188965.jpg

२०७४ सालको स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रले भारी मतले जितेको थाहा नगरपालिका वडा नम्बर ४ किटेनीमा नेपाली काँग्रेसले संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रमलाई तिव्रता दिएको छ । यसैक्रममा १६ असोजमा अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई मत दिएका ५८ जना काँग्रेस प्रवेश गरेका छन् भने सोही कार्यक्रमका बीच काँग्रेसको भातृ संगठन तरुण दलको वडा कमिटी गठन गरिएको छ । 

नेपाली काँग्रेस वडा सभापति श्रीकृष्ण केसीको सभाध्यक्षता तथा नेपाली काँग्रेस महासमिति सदस्य एवम् मकवानपुर जिल्ला कार्यसमितिका सल्लाहकार जयराम लामिछानेको प्रमुख आतिथ्यतामा किटेनीमा भएको कार्यक्रममा ५८ जना काँग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाई प्रमुख अतिथि लामिछाने, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, काँग्रेस थाहानगर सभापति प्रमोदकृष्ण जोशी लगायतले पार्टीमा स्वागत गरेका थिए । वडा सभापति श्रीकृष्ण केसी लगायत स्थानीय काँग्रेस नेताहरुको पहलमा पार्टी प्रवेश गराइएको थियो ।

१६ असोजमै भएको कार्यक्रममा ५१ सदस्यीय नेपाल तरुण दल वडा कार्यसमिति गठन गरिएको छ । कार्यसमितिको सभापतिमा सौगात विष्ट रहेका छन् । विष्ट यसअघि नेकपा माओवादी केन्द्रमा आवद्ध थिए । 

तरुण दल समिति गठन तथा पार्टी प्रवेश कार्यक्रममा  काँग्रेस नेताहरु लामिछाने, पाठक, जोशी, प्रदेश निर्वाचन क्षेत्रीय सभापती सुजन गोपाली, ईश्वरनाथ पौडेल, भरत गोपाली लगायतको सहभागिता रहेको थियो । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)