nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा–१ का वडा अध्यक्ष गोपालीलाई दमको रोगीले फोन गरेपछि...

herman-1622519064.jpg

सोमबार बिहान थाहा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हेरमान गोपालीलाई फोन आयो । फोन वडाकै खानीगाउँका एक जना ज्येष्ठ नागरिकको थियो । ‘वडा अध्यक्षज्यू, मेरो घरमा अरु कोही छैनन्, लकडाउनले छोरा बुहारी काठमाडौँमै थुनिए । मलाई दमले च्याप्यो, म मर्न लागेँ ।’ 

घरमा सहारा दिने कोही नभएको र दमले गाह्रो भएको कुरा सुनेपछि वडा अध्यक्ष गोपालीलाई केही त गर्नुपर्छ भन्ने लाग्यो । अनि उनले प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा सम्पर्क गरे । ‘अक्सिजन सिलिण्डर छ, तर दिन गाह्रो–गाह्रै छ’ भन्ने जवाफ आएपछि दमको रोगीलाई कोरोनाले भेट्यो भने त ज्यान नै जान्छ, अहिलेलाई सहयोग गरौँ भन्दै उनी एक जना साथी लिएर प्राथमिक स्वास्थ्य केन्द्र पुगे । र, अक्सिजन सिलिण्डर लिएर बिरामीको घरमा पुगे । 

गोपालीका अनुसार थाहा नगरपालिका वडा नम्बर १ का ती ज्येष्ठ नागरिक कोरोना सङ्क्रमति भने होइनन् । ‘म आफू पनि यसअघि कोरोनाबाट सङ्क्रमित भएकोले सङ्क्रमण हुँदा कस्तो पीडा र मनोसामाजिक समस्या हुन्छ भन्ने भोगेको हुनाले ती दमले पीडित वृद्धलाई कोरोना भयो भने त झनै समस्या हुन्छ भन्ने लागेर सहयोगको लागि आफै अघि सरेको हुँ ’ गोपालीले थाहा टाइम्ससित भने । दमबाट पीडित ज्येष्ठ नागरिकलाई  सहयोग गर्न पाउँदा निकै खुशी लागेको उनले सुनाए । 

थाहा टाइम्ससँग कुरा गर्दै कोरोनालाई ख्याल ख्याल नसम्झिन गोपालीले आग्रह गरे । ‘कोरोना एकनासे नहुने रहेछ, भेरियन्टअनुसार फरक पर्ने रहेछ । सामान्य भाइरसले छोए त सामान्य नै होला, अन्यथा ज्यानै जाने रहेछ, मलाई पनि निकै गाह्रो भएको थियो,’ उनले भने  । 

वडामा कसैलाई कोरोना सङ्क्रमण देखियो भने सामान्यतया ‘होम आइसोलेशन’मा नबस्न नै उनले सुझाव दिने गरेका छन् । ‘नजिकै नगरपालिकाले बनाएको सुविधायुक्त आइसोलेशन छ, त्यहीँ पठाउने गरेको छु,’ उनले भने । गाउँमै निर्माणाधीन ‘ड्राइ आइसोलेशन’ पनि सञ्चालनको अन्तिम तयारीमा रहेको उनले जानकारी दिए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)