.-1624118193.jpg
Sunday, 20th June, 2021
वि.स.
33-1624076000.jpg

थाहामा ३१ संक्रमित थपिए, बालुवा र गिट्टी उद्योग बन्द गर्न वडाकै निर्देशन

COROOO-1621345117.jpg

थाहा नगरपालिका वडा नम्बर ८ मा ४ जेठमा पनि कोरोना भाइरस संक्रमितको संख्या १८ जना थपिएका छन् । यो सहित ८ नम्बरमा मात्र संक्रमितको संख्या ३२ जना पुगेको छ । ३ र ४ जेेठमा समेत गरि सो वडाबाट ३६ जनाको स्वाव पिसिआरका लागि पठाएकोमा १९ जनाको पोजेटिभ रिपोर्ट आएको हो । त्यसैगरी ४ जेठमै वडा कार्यालय मै २१ जनाको एन्टिजेन परिक्षण गरिएकोमा १३ जनाको पोजेटिभ रिपोर्ट आएको डा. रिकेश कार्कीले बताए । 

यसैगरी, थाहानगरमा आइसोलेसनमा रहेकाहरुको स्वाव पठाएकोमा ४ जेठमा १ जनाको मात्र रिपोर्ट आएको छ । सो पनि पोजेटिभ नै दोहोरिएको हो । यसैगरी, कन्ट्राक्ट ट्रेसिङमा परेकाहरुको स्वाव पठाएकाहरुमध्ये पिसिआर रिपोर्टबाट ६ जना र प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा १४ जनाको एन्टीजेन परिक्षण गरिएकोमा १२ जना समेत गरि ३१ जना नयाँ संक्रमित थपिएका छन् ।

वडा नम्बर १ मा २, २ मा २, ३ मा ३, ४ मा ५ र १० मा १ जना थपिएका छन् । ४ जेठमा मात्रै ३१ जना थपिएका छन् । यो सहित थाहानगरमा संक्रमितको संख्या २ सय ५५ जना पुगेको छ । बज्रबराही स्वास्थ्य केन्द्रमा गरिएको एन्टिजेन परिक्षणको रिपोर्ट आइसकेको छैन । यीमध्ये १२ जना निको भएका छन् । ७ जनाको नगर बाहिर उपचार भैरहेको छ । २ जनाको मृत्यु भएको छभने २ सय ३३ जना होम आइसोलेसनमा छन् भने बज्रबाराहीस्थित आइसोलेसनमा थाहा २ का १ संक्रमित किरिया पुत्री छन् ।

यसैबीच, वडा नम्बर ८ मा कोरोना संक्रमणले भयावह रुप लिन थालेपछि त्यहाँ संचालित बालुवा तथा गिट्टी उद्योगहरु अनिश्चितकालका लागि बन्द गर्न निर्देशन दिएको छ । वडा अध्यक्ष टिकाराम रुम्बाले सुचना जारी गर्दै "भविष्यमा हुन सक्ने भयावहको स्थितिलाई मध्यनजर गर्दै अर्को सुचना जारी नहुन्जेलसम्मलाई" त्यस्ता उद्योग बन्द गर्न निर्देशन दिएको हो ।

यसैगरी, मङ्गलबार बसेको नगर कार्यपलिकाको बैठकले कोरोना संक्रमित भएका बिपन्न परिवारका बिरामीलाई नि:शुल्क औषधि वितरण गर्ने निर्णय गरेको छ । सम्बन्धित वडाध्यक्षको सिफारिसमा औषधि वितरण गर्ने मापदण्ड बनाइएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)