nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 16th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा संक्रमित दर बढ्दै एकैदिन नौ थपिए, प्रत्येक वडामा बिरामी बोक्न अटो प्रयोग हुने

COROOO-1620306742.jpg

हरेक दिन कोरोना संक्रमितको संख्या बढ्न थालेपछि संक्रमितलाई स्वास्थ्य केन्द्रसम्म पुर्याउन वडा/वडामा अटोलाई प्रयोग गरिने भएको छ ।

समयमै एम्बुलेन्स नपाउन सक्ने र निषेधाज्ञाका कारण यातायातका साधन नपाउने भएपछि प्रत्येक वडामा अटोको प्रयोग गर्न लागिएको हो । बिहीबार अटो व्यवसायी संघका प्रतिनिधिहरूसङ्ग छलफल गरि बिरामी बोक्न अटोको प्रयोग गर्न सहमती भएको हो । त्यसरी प्रयोग हुने अटोको चालक पछाडिको भागमा प्लास्टिकले बारेर सुरक्षित बनाउने सहमती भएको थाहानगर उपप्रमुख खड्ग गोपालीले बताए । गोपालीका अनुसार प्रत्येक वडामा प्रयोग हुने अटोको विवरण नगरमा उपलब्ध भएपछि वडामा गठित समितिलाई जानकारी दिइनेछ । त्यसरी बिरामी बोक्न प्रयोग हुने अटो २४ सै घण्टा तयारी अवस्थामा हुनु पर्ने सहमती गरिएको छ ।

यसैबीच, कोरोना संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि वडास्तरमा गठन सुरु गरिएको अभियान अन्तर्गत २३ वैशाखमा एकैदिन ४ वटा वडामा समिति गठन गरिएको छ । नगर प्रमुख लवशेर विष्ट, उपप्रमुख खड्ग गोपाली तथा निर्देशन समितिका सदस्यहरु सहितको उपस्थितिमा वडा नम्बर १, २, ३ र ४ मा वडाध्यक्षहरुको संयोजकत्वमा गठन गरिएको हो । समितिको गठन गर्न भौतिक दूरी कायम गरि आयोजित छुट्टाछुट्टै भेलाहरुमा प्रमुख विष्ट, उपप्रमुख गोपाली, नेकपा एमाले जिल्ला कमिटी सदस्य सुरेन्द्रमान प्रधान, नेकपा माओबादी (केन्द्र) नगर अध्यक्ष अरुण रायमाझी, विवेकशील साझा पार्टी नगर अध्यक्ष माधव कार्कीले समाजमा कोरोना नियन्त्रणका लागि आवस्यकताका आधारमा समिति बिस्तार गर्न सकिने बताउदै अनुशासन कायम गर्न प्रेरणा दिनु पर्ने बताएका थिए ।

वडा नम्बर २ को भेलामा स्थानीय मदिरा विक्री पसलहरुलाई नियन्त्रण गर्न आवस्यक रहेको सहभागीहरुले आवाज उठाएका छन् । यसैगरी ३ र ४ को भेलामा नेकपा माओबादी (केन्द्र)का ३ नम्बर वडा अध्यक्ष हिरेन्द्र रायमाझीले निश्चित तोकिएको समय बाहेक पनि बजार खुलेको प्रती चिन्ता व्यक्त गर्दै बजारमा हुने बाक्लो भीडभाडलाई नियन्त्रण गर्नु पर्ने सुझाव दिएका छन् ।

यसैबीच, थाहानगरमा बिहीबार १९ जनाको स्वाब परिक्षण गरिएकोमा ९ जनाको पोजिटिभ रिपोर्ट आएको छ । यो समेतगरी थाहानगरमा संक्रमितको संख्या ७८ पुगेको छ । संक्रमितमध्ये ३ जनाको हेटौंडा र १ जनाको काठमाडौंमा उपचार भैरहेको छभने अन्य सबै होम आइसोलेशनमा छन् । आज बज्रबाराही स्वास्थ्य चौकीमा १२ जनाको परिक्षण गरिएकोमा पाँच जना र पालुङमा ७ जनाको परिक्षण गरिएकोमा ४ जनाको पोजिटिभ रिपोर्ट आएको डा. रिकेश कार्कीले बताए । ती सबै कोरोनाको लक्षण भएकाहरु परिक्षणका लागि स्वयं स्वास्थ्य केन्द्र पुगेकाहरु हुन् ।