nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा संक्रमितकाे संख्या दुईसय नाघ्यो !

corona-Update-1621221631.jpg

पछिल्लो समय अत्याधिक कोरोना संक्रमित दर बढिरहेको थाहानगरमा २ जेठमा भने सबैभन्दा कम संख्यामा पोजेटिभ देखिएका छन् ।

२ जेठमा लक्षणसहितका १० जनाको एन्टीजेन परिक्षण गरिएकोमा २ जना मात्र संक्रमित भेटिएको हो । प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा ५ जनाको परिक्षण गरेकोमा थाहा १ र २ का १/१ जना संक्रमित भेटिएको हो । स्वास्थ्य चौकी बज्रबाराहीमा ५ जनाको परिक्षण गरेकोमा सबैको नेगेटिभ रिपोर्ट आएको डा. रिकेश कार्कीले बताए ।

यसैबीच, २ जेठमा होम आइसोलेशनमा रहेका र संक्रमितको सम्पर्कमा रहेका २२ जनाको स्वाव संकलन गरेको छ । त्यस्तै स्वास्थ्य चौकी बज्रबाराहीमा ७ जना र थाहा ९ मा ३१ जनाको स्वाव संकलन गरिएको छ । परिक्षण गरिएकोमा २ सय २ जना संक्रमित भएका छन् । वडा नम्बर १ मा ३१, २ मा ३१, ३ मा ७०, ४ मा १७ जना संक्रमित भएका छन् ।

त्यसैगरी, वडा नम्बर ५ मा १०, ६ मा २३, ७ मा २, ८ मा १, ९ मा ३, १० मा ५ र ११ मा ७ जना संक्रमित भैसकेका छन् । १२ नम्बर वडामा भने हालसम्म परिक्षण भएको छैन । यी मध्ये १२ जना निको भएका छन् । २ जनाको मृत्यु भैसकेको छभने ६ जनाको थाहानगर बाहिर उपचार भैसकेको छ । संक्रमित मध्ये १ सय ८२ जना बिरामी होम आइसोलेशनमा छन् । आइसोलेशनमा रहेका सबैको स्वास्थ्य सामान्य छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)