nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा दुई दिनमा २७२ जनाले लगाए भेरोसिल खोप
आग्रामा कोरोना परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि

vaccination_660_231020092-1623325961.jpg

नेपाल सरकारको कोराना विरुद्धको खोप अभियानअन्तर्गत २७ जेठमा थाहा नगरपालिकामा ७६ जनाले खोप लगाएका छन् । २७ जेठमा प्राथामिक स्वास्थ्य केन्द्र पालुङ, आग्रा स्वास्थ्य चौकी र देउखेल सहरी स्वास्थ्य केन्द्रगरी तीनवटा खोप केन्द्रमा ६२ देखि ६४ वर्ष उमेरका नागरिकहरुलाई खोप लगाइएको हो  । 

प्राथमिक स्वास्थ्य केन्द्र पालुङ खोप केन्द्रमा १८ पुरुष र ९ महिला गरी २७ जना, आग्रा स्वास्थ्य चौकी खोप केन्द्रमा १२ पुरुष र १३ महिला गरी २५ जना र देउखेल सहरी स्वास्थ्य केन्द्र खोप केन्द्रमा १२/१२ गरी २४ जनाले कोरोनाविरुद्धको खोप लगाएको थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । २७ जेठमा खोप लगाउनेमा ४२ पुरुष र ३४ महिला रहेका छन् । 

योसँगै थाहा नगरपालिकामा २६ र २७ जेठमा गरी कूल २७२ जनाले भेरोसिल खोप लगाएका छन् । २६ जेठमा १ सय ४ महिला र ९२ जना गरी १९६ जनाले खोप लगाएका थिए । 

दुई दिनको खोप अभियान सकिएपछि थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलामीले थाहा टाइम्ससँग कुरा गर्दै लक्षित गरिएका मध्ये निकै कम नागरिकहरु खोप लगाउन आएको बताए । 

११ जनामा कोरोना पुष्टि
आग्राको स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्रमा भेरोसिल खोपसँगै कोरोना परीक्षण पनि गरिएको थियो । एन्टिजेन परीक्षण गर्दा दुबै स्वास्थ्य संस्थामा गरी ११ जनामा कोरोना पुष्टि भएको छ । 

देउखेल सहरी स्वास्थ्य केन्द्रमा ४५ जनामा परीक्षण गर्दा ९ जनामा र आग्रा स्वास्थ्य चौकीमा ३१ जनामा परीक्षण गर्दा २ जनामा कोरोना देखिएको स्वास्थ्य शाखा प्रमुख बलामीले जानकारी दिए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)