Bhumi11-1619166617.jpg
Friday, 7th May, 2021
वि.स.

थाहामा कोरोना भइरस रोकथामका लागि राजनीतिक दल र सामुदायिक संस्था सक्रिय हुने 

Thaha-Covid-1619574072.jpg

मकवानपुर थाहा नगरपालिका क्षेत्रमा कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि पालुङ जेसीज, बजार व्यवस्थापन समिति तथा टोल विकास संस्थाहरुलाई सक्रिय हुने भएकाछन् । 

गाउँघर, पसल चौतारोमा भिडभाड कम गर्नको लागि नगरमा क्रियाशील राजनीतिकदलहरुले पनि आफ्नो तहबाट सक्रियताका साथ सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । पालुङ जेसीजका अध्यक्ष नवराज लामा तथा निवर्तमान अध्यक्ष मनोज रायमाझीले एकसाथ भने–‘हामी कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्न तयार छौं ।’ थाहा नगरपालिकाले राजनीतिक दल, संघसंस्था, बजार व्यवस्थापन समितिसहितको सहभागितामा भएको समन्वय बैठकमा यस्तो प्रतिवद्धता व्यक्त गरिएको हो । 

थाहानगर प्रमुख लवशेर विष्टको अध्यक्षतामा भएको बैठकमा नगर क्षेत्रका होटलहरुले प्याकिङको खानेकुरा मात्र ब्रिक्री वितरणका लागि थाहा होटल एशोसिएशनले समन्वय गर्ने निर्णय भएको छ । त्यस्तै विवाहमा आन्तहरु मात्र जम्मा भई संघीय सरकारको नियम पालना गर्न अनुरोध गर्ने पनि निर्णय भएको छ ।

यसैबीच थाहानगरमा प्रचार प्रसारको कार्यलाई निरन्तरता दिने पनि निर्णय भएको छ । त्यस्तै एन्टिजीन परीक्षणको दायरालाई पनि अघि बढाउने र निरन्तरता दिने भएको छ । मेडिकल अधिकृतसहितको आकस्मिक टोली तयारी अवस्थामा राख्ने, नगरका सबै एम्बुलेन्सहरुलाई तयारी अवस्थामा राख्ने पनि समन्वय समितिको निर्णय छ । त्यस्तै विपदका बेला कालोबजारी हुन सक्ने भएकोले छड्के अनुगमन गर्ने तथा दररेट र स्टक अभिलेखीकरण गर्ने पनि निर्णय भएको छ ।                                                                    
 

https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes.com@gmail.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरु माझ देशविदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)