Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगर : गठवन्धनका मेयर उमेदवार विष्टको मत ६ हजार नाघ्यो (मतसहित)

thaha-update-1652705728.jpg

स्थानीय तह निर्वाचन –२०७९ अन्तर्गत् थाहा नगरपालिकामा गठबन्धनको तर्फबाट मेयर उमेदवार रहेका नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विष्टले सातवटा वडाको मत गणना सकिँदासम्म ६ हजार मत कटाएका छन् । वडा नम्बर ७ मा मात्र ९५९ मत प्राप्त गर्दा अहिले विष्टको कूल मत ६२७० पुगेको छ ।

नेकपा एमालेका मेयर उमेदवार अच्युत्तम प्रसाद ढकालले अहिलेसम्म ४५१२ मत प्राप्त गरेका छन् । ढकालले वडा नम्बर ७ मा मात्र ५११ मत प्राप्त गरेका छन् ।

उपमेयरमा गठबन्धनको तर्फबाट उमेदवार रहेका नेपाली काँग्रेसका भरत गोपालीको अहिलेसम्मको मत ५६६८ रहेको छ । थाहा–७ मा मात्र उनले ९९५ मत प्राप्त गरे ।

उपमेयरका अर्का उमेदवार कल्पना बलामीको मत ५१०८ रहेको छ । थाहा–७ मा उनले ६६४ मत प्राप्त गरेकी छन् । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०