ict-nepal-1625344508.gif
Monday, 2nd August, 2021
वि.स.
.-1624118193.jpg

थाहानगरलाई आ. व. २०७८/०८९काे लागि एमालेले दियाे २७ बुँदे सुझाव(पत्रसहित)

cdd15bce86341e90b8f960a4e-1623749697.jpg

नेकपा एमाले थाहा नगर कमिटीले आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रममा समावेश गर्न थाहा नगरपालिकालाई विभिन्न २७ बुँदे सुझाव दिएकाे छ ।नगरपालिकाले नीति तथा कार्यक्रमका लागि कुनै सुझाव भए १ असार भित्र पेश गर्न पत्राचार गरेकाेमा साेही अनुसार सुझाव पेश गरिएकाे एमाले थाहा नगर अध्यक्ष अच्युत्तमप्रसाद ढकालले बताए । 

१ असारमा थाहा नगरपालिका कार्यालय पुगेर एमाले थाहानगर अध्यक्ष अच्युत्तम प्रसाद ढकालले उपप्रमुख खड्ग गोपालीमार्फत नीति तथा कार्यक्रमका लागि सुझाव-पत्र  बुझाएका हुन् । 

सुझावहरुमा भौतिक निर्माणतर्फ नेपाल सरकारको नीति तथा कार्यक्रममा परेको चित्लाङ-थानकोट सुरुङमार्ग निर्माणका लागि थाहानगरले अवलम्बन गर्नु पर्ने नीतिलाई पास गरि संघीय सरकारमा पहल गर्न सुझाव दिएको छ । यसैगरी, निर्माणाधिन गणेशमान मार्ग, थाहा नगर रिङरोडको अवधारणा रोकिएको प्रति ध्यानाकर्षण गराउदै सो रिङरोड निर्माण कार्यलाई प्राथमिकता दिन अनुरोध गरिएको छ ।

यसैगरी, भू-संरक्षणतर्फ खोला तथा प्राकृतिक दोहनलाई नियन्त्रण गरी सम्भावित क्षतिको न्यूनिकरणमा जोड दिन भनिएको छ । सुझाव पत्रमा पर्यटन उद्योगको विकासका लागि नगर स्तरीय पर्यटन बोर्ड गठन गरि संघीय सरकारको पर्यटकीय गन्तव्यमा थाहानगरलाई सुचिकृत गराउनेतर्फ ध्यानाकर्षण गराइएको छ ।

यसैगरी शिक्षातर्फ एक मावि एक प्राविधिक विषय अध्यापन गराउनेतर्फ सुझाव दिइएको छ । सुझावमा हरेक वर्ष नोक्सानी व्यहोरिरहेको थाहानगरको पालुङ बहुमुखी क्याम्पसलाई आत्मनिर्भर बनाउनेतर्फ योजना बनाउन ध्यानाकर्षण गरिएको छ ।

एमालेले विगतमा पनि सुझाव दिइदैआएको ध्यानाकर्षण गराउदै स्वास्थ्यतर्फ आउदो वर्ष कोभिड-१९ नियन्त्रण लक्षित कार्यक्रम निर्माण गरी नगरमा रहेका सबै स्वास्थ्य केन्द्रहरुलाई व्यवस्थित गर्न भनिएको छ । 
सुझावमा नगरपालिकाको स्थापनाकालमै नीति बनाइसकिएको एक घर-एक धारा नीतिलाई कार्यान्वयन गर्न सुझाव दिइएको छ ।

किसानहरुको संलग्नतामै किसान बोर्डको गठन गरी नगरमा कृषि बिमालाई प्रभावकारीरुपमा लागू गर्न र समस्या पहिचानमा जोड दिन भनिएको छ । त्यस्तै,  नगरस्तरीय युवा र महिलाका लागि बोर्डहरु गठन गरी सोही बोर्डमार्फत  स्वरोजगारमूलक कार्यक्रम लागू गर्न सुझाव दिइएको छ । निजी क्षेत्रसँग समन्वय गरी नगरले निजी क्षेत्रलाई अभिन्न अङ्गको रुपमा लिन सुझाव दिइएको छ । 

एमालेले आर्थिक अभावका कारण थाहानगरमा  संचार क्षेत्रको उचित विकास हुन नसकेको प्रति सचेत गराउँदै सञ्चारमाध्यमहरुलाई सहयोगी भूमिका निर्वाह गर्न सुझाव दिइएको छ । साथै, भविष्यमा नगरको आन्तरिक आम्दानीको स्रोत हुन सक्ने क्षेत्र पहिचान गरी लगानी गर्न सुझाव दिइएको छ । 

एमालेले अघिल्ला वर्षहरुमा  अाफ्ना सुझावहरुलाई नीति तथा कार्यक्रममा सममवेश गरे पनि बजेटमा समावेश नगरेकाे र कार्यान्वयन नगरेकाे गुनासाे गर्दै अाएकाे छ । सुझाव पत्रमा 'याे सुझाव सुझावकाे लागि मात्र नहाेस्' भनी कार्यान्वयनकाे अपेक्षा गरिएकाे छ । 

सुझावपत्र ग्रहण गर्दै थाहानगर उपप्रमुख खड्ग गोपालीले सबैबाट प्राप्त सुझावको आधारमा नगर कार्यपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम तय गरिने बताएका छन् ।

थाहा नगरपालिकाले नगरमा क्रियाशील राजनीतिक दल, निजी क्षेत्रलगायतसँग सुझाव माग गरेको थियो । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)

jhamka-1624645162.jpg
corona_ad-1626692113.gif






thah-COO-1587359073.png
balsram-1625416970.jpg