nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा ८० प्रतिशत निजी आवास पुर्ननिर्माण

Niji-1614044190.jpg

मकवानपुर थाहा नगरपालिकामा भूकम्पपछिको निजी आवास पुर्ननिर्माण ७७.७५ प्रतिशत सम्पन्न भएको छ । यो पौष मसान्तसम्मको अद्यावधिक तथ्याङ्क हो । नगरमा अहिले पुनर्नर्मिाण ८० प्रतिशत भन्दा बढि भैसकेको इन्जिनियर परवेज खानले बताए । अद्यावधिक विवरण अनुसार पौष मसान्तसम्म ७ हजार ९८ भुकम्पबाट पुर्ण क्षति भएका लाभग्राहीहरु मध्ये ६ हजार ५ सय ७१ जनाले निजी आवास पुर्ननिर्माणको लागि सम्झौता गरेका थिए ।  सम्झौता गरेका लाभग्राही मध्ये ५ हजार १ सय ९ परिवारले तेस्रो किस्ता वापतको अनुदान बुझि सकेको थाहा नगरपालिकाका भुकम्प पुर्ननिर्माण सम्बन्धी कार्य गरिरहेका इन्जिनियर परवेज खानले बताए । उनले भने,-'यो तथ्याङ्क अहिल्े बढेकाे छ ।'

थाहा नगरपालिकाको तथ्याङ्क अनुसार वडा नम्बर १ मा ४ सय ५३ लाभग्राही मध्ये ४ सय ९ परिवारले सम्झौता गरेका छन्, ती मध्ये २ सय ९२ परिवारले घर निर्माण सम्पन्न गरेका छन् भने वडा नम्बर २  मा ७ सय ४७ मध्ये ६ सय ८९ परिवारले सम्झौता गरेकाकोमा ४ सय ५३ परिवारले घर निर्माण सम्पन्न गरेका छन् । वडा नम्बर ३ मा ४ सय २१ मध्ये ३ सय ९७ ले सम्झौता गरे भने २ सय ६८ परिवारले घर निर्माण सम्पन्न गरेका छन् । वडा नम्बर ४ मा ६ सय ९४ मध्ये ६ सय ३९ जनाले सम्झौता गरेका छन् भने ३ सय ६७ परिवारले आवास निर्माण गरेका छन् । वडा नम्बर ५ मा ५ सय ७८ मध्ये ५ सय ५५ परिवारले सम्झौता गरेकोमा ४ सय ३४ परिवारले घर बनाए । वडा नम्बर ६ मा ६ सय ५५ मध्ये ६ सय १८ जनाले सम्झौता गरेकोमा ४ सय ८७ परिवारले आवास पुर्ननिर्माण गरेका छन् । वडा नम्बर ७ मा ९ सय ७५ मध्ये ९ सय २७ परिवारले सम्झौता गरेकोमा ८ सय ४० ले आवास बनाए । वडा नम्बर ८ मा ७ सय ४१ मध्ये ७ सय २७ ले सम्झौता गरी ६ सय ७२ ले घर बनाएका छन् । वडा नम्बर ९ मा ३ सय ९९ मध्ये २ सय ८० परिवारले सम्झौता गरी २ सय ११ ले मात्र घर बनाएका छन् । वडा नम्बर १० मा २ सय ८२ मध्ये २ सय ४९ ले सम्झौता गरी २ सय ३ जनाले घर बनाएका छन् । त्यस्तै वडा नम्बर ११  मा ५ सय २२ मध्ये ४ सय ८० परिवारले सम्झौता गरेकोमा ३ सय ५५ ले परिवारले घर बनाएकाछन् ।  वडा नम्बर १२ का ६ सय ३१ मध्ये ६ सय १ ले सम्झौता गरेकोमा ति मध्ये ५ सय २७ ले भूकम्पपीडित अनुदान लिई निजी आवास बनाएका छन् । 

थाहा नगरपालिकामा सबैभन्दा बढि निजी आवास पुर्ननिर्माण वडा नम्बर ८ मा भएको छ । वडा नम्बर ८ मा ९२.४३ प्रतिशत निजी आवास पुर्ननिर्माण सकिएको छ । त्यसैगरी सबैभचन्दा कम निजी आवास पुर्ननिर्माणमा वडा ४ मा रहेको   छ । वडा नम्बर ४ मा जम्मा ५७.४३ प्रतिशत मात्र पुर्ननिर्माण सम्पन्न भएको छ । थाहा नगरपालिकामा कुल पूर्ण क्षति लाभग्राही ७ हजार ९८ मध्ये ६ हजार ५ सय ७१ ले मात्र सम्झौता गरेका छन् । बाँकी ५ सय २७ भुकम्पपीडितले अनुदान सम्झौता नै गरेका छैनन् । अब उनीको लागि सम्झौता अवधि पनि समाप्त भैसकेको भुकम्प पुर्ननिर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाई      मकवानपुरले जानाएका छ । नगरपालिकामा १ हजार ४ सय ४५     परिवार आशिंक भूकम्पपीडित पीडित रहेको विवरण छ ।  उनीहरुले मध्ये ९ सय २९ जनाले अनुदान सम्झौता गरी पहिलो किस्ता अनुदान बुझि सकेका छन् । यस किसिमका ५ सय १६ लाभग्राहीले पनि अनुदान सम्झौता नै गरेका छैनन् । पहिलो किस्ता लिएका मध्ये १२ परिवारले मात्र घरमा रेट्रोफिटिङ गरेका छन् । यो परिवार संख्या कुल आंशिक क्षति भएका लाभग्राहीको जम्मा १.२९ प्रतिशत मात्र हो ।  तसर्थ, थाहा नगरपालिकामा रेट्रोफिट गराउने लाभग्राहीको संख्या अत्याधिक कमी रहेको छ ।  

थाहा नगरपालिका क्षेत्रमा वि.सं. २०७२ को भुकम्पबाट अद्यावधिक तथ्याङ्क अनुसार ७ हजार ९८ परिवार भुकम्पबाट पुरै विस्थापित मध्ये ६ हजार ५ सय १ अर्थात ९२.५८ प्रतिशत लाभग्राहीले अनुदान सम्झौता गरेका हुन् । सम्झौता गरेका मध्ये ७ सय २ परिवारले दोस्रो किस्ता लिएका छैनन् भने ७ सय साठी परिवारले तेस्रो किस्ता लिन बाँकी छ । अनुदान लिएका ति भूकम्पपीडितहरुले निजी आवास निर्माण गरिरहेको इन्जिनियर परवेज खानले जानकारी     दिए । थाहा नगरपालिका क्षेत्रमा पूर्ण र आंशिक गरी कुल भुकम्पपीडित ८ हजार ५ सय ४३ रहेको छ । थाहा नगरपालिकाले वि.सं. २०७४ सालमा तयार पारेको नगर प्रोफाइल अनुसार नगरमा कुल ८ हजार ६ सय ४९ परिवार संख्या रहेको छ । यो तथ्याङ्क अनुसार थाहानगरमा जम्मा १ सय ६ परिवार बाहेक अरु सबै भूकम्पपीडतको सूचीमा छन् । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)