nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा २ सय ५० महिलाको निःशुल्क स्वास्थ्य उपचार

Mahila-Campp-1613399024.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा संचालन भएको दुईदिने निःशुल्क महिला स्वास्थ्य शिविरमा २ सय ५० जनाले सेवा लिएका छन् । शिविरमा महिलाहरुको पाठेघर खस्ने समस्या पाइएको स्वास्थ्यकर्मीहरुले बताए । थाहा नगरपालिका, बिङ यूथ र पालुङ जेसीजको सहकार्यमा माघ ३० र फागुन १ गतेसम्म संचालन भएको  निःशुल्क महिला स्वास्थ्य शिविरमा महिलाहरुको पाठेघर खस्ने समस्याको विशेष उपचारलाई प्राथमिकता दिइएको पालुङ जेसीज वर्ष २०२१ का अध्यक्ष नवराज लामाले बताए । शिविरका क्रममा एकजनामा पाठेघरको मुखमा मासु पलाएको सफल उपचार, १२ जनामा पाठेघर खस्ने समस्या पत्ता लागेको छ ।

त्यस्तै रिङ पेसरी ८ जनामा राखिएको, १६० जना महिलामा प्रजनन् अंगहरुको संक्रमण देखिएको, ४ जनामा बाँझोपन र महिलाहरुमा तनाबसंग सम्बन्धीत समस्या १८ जनामा लगायतको समस्या देखिएको शिविरमा संलग्न चिकित्सकहरुले   बताए । शिविरका अवसरमा उपचारको साथै स्वास्थ्य सम्बन्धी काउन्सिलिङ पनि गरिएको पालुङ जेसीज वर्ष २०२१ का कोषाध्यक्ष निरज रायमाझीले जानकारी दिए । 

शिविरमा विशेषज्ञ चिकित्सकहरुबाट निःशुल्क उपचारका साथै निःशुल्क औषधि पनि वितरण भएको थियो । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)