nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा २७ फागुनबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

Rasta-1615336219.jpg

थाहा नगरपालिकामा २७ फागुनदेखि राष्ट्रपति रनिङ शिल्ड तथा तेस्रो मेयरकप भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी भएको आयोजकले बताएको छ । थाहा नगरपालिका वडा नम्बर १ मा रहेको सुनौला माविमा प्रतियोगिता संचालन हुने थाहा नगरपालिका शिक्षा शाखा प्रमुख शोभाकर रेग्मीले बताए । प्रतियोगिता व्यवस्थापन गर्ने विद्यालय सुनौला माविका प्रधानाध्यापक कृष्णप्रसाद लामिछानेका अनुसार–‘२७ फागुन विहान ११ बजे मार्चपाससहित प्रतियोगिताको उद्घाटन गरिने कार्यक्रम छ ।’ प्रतियोगिता सुनौला माविको खेल मैदान तथा बाराही चौरको खेल मैदानमा हुने लामिछानेले बताए । 

थाहा नगरका ६ संस्थागतसहित १७ वटा माविका कक्षा १० सम्मका विद्यार्थीहरुबीच प्रतियोगिता सहभागी हुनेछन् । थाहानगरपालिकाको स्विकृत वार्षिक कार्यक्रम अन्र्तगत राष्टूपति रनिङ शिल्ड प्रतियोगितामा छात्र छात्रा दौड १०० मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर, तथा ३ हजार मीटर दौड हुनेछन । त्यस्तै छात्र छात्रा रिले दौड १ सय    मिटर, ४ सय मिटर, छात्र छात्रा हाईजम्प, छात्र छात्रा त्रिपल जम्प, छात्र छात्रा सटफुट तथा मार्चपास रहेका छन् । यसवर्ष सितेरियो कराते पनि प्रतियोगितामा रहेको छ । 

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद रु २५ हजार शिल्ड मेडल र प्रमाणपत्र, द्धितिय हुने विद्यालयले नगद रु १५ हजार शिल्ड मेडल र प्रमाणपत्र, तृतिय हुने विद्यालयले नगद रु १० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

त्यस्तै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामै अंक जोडिने गरी हुने मेयर कप भलिबल भने छात्र र छात्रातर्फ हुने थाहा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले बताए । मेयर कप भलिबल प्रतियोगिता अन्र्तगत प्रथम हुने विद्यालयले नगद रु १५ हजार शिल्ड मेडल र प्रमाणपत्र, द्धितीय हुने विद्यालयले नगद रु १० हजार शिल्ड मेडल र प्रमाणपत्र, तृतिय हुने विद्यालयले नगद रु ५ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

मेयर कप भलिबल प्रतियोगिता अन्र्तगत मार्चपास तथा भलिबल प्रतियोगिताको अकं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा जोडि समग्र प्रतियोगिताको विजेता घोषणा गरिनेछ ।

यसैबीच थाहा नगरपालिकाको जनकल्यण माविमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता भएको छ । थाहा नगरपालिका क्षेत्रका १० विद्यालय सहभागी प्रतियोगिताका विजेता विद्यालयले २५ हजार रुपियाँ नगदसहित शिल्ड मेडल तथा प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः १५ हजार र ५ हजार नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । 
जनकल्याण माविकाु खेल मैदानमा संचालन भएको प्रतियोगिताको २२ फागुनमा थाहा नगरपालिकाका नगर उपप्रमुख खड्ग गोपालीले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रम थाहानगर खेलकुद विकास समितिका अध्यक्ष राजेश केसीको सभाध्यक्षतामा भएको थियो । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)