nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धि अन्तरक्रिया

sami-1611497921.jpg

मकवानपुर थाहा नगरपालिकामा सुरक्षित आप्रवासन परियोजना (सामी) को विषयमा जनप्रतिनिधि र सरोकारवालाहरुसंग सुरक्षित वैदेशिक रोजगार सम्बन्धि एक दिने अन्र्तक्रिया कार्यक्रम भएको छ । 

थाहा नगरपालिकाको आर्थिक सहयोग तथा एकिकृत ग्रामिण विकास सेवाको आयोजनामा ११ माघमा भएको कार्यक्रममा सुरक्षित आप्रवासन परियोजना (सामी)ले थाहा नगरपालिका क्षेत्रमा गरेका कामको बारेमा जानकारी गराइएको थियो ।
 
थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिलाल पुरी, सामी परियोजना मकवानपुर सचिब मिनराज पौडेल, सुरक्षकर्मी, पत्रकारलगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले सुरक्षित आप्रवासनको कानुनी तथा व्यवहारिक पक्षको विषयमा प्रस्तुतिकरण गरेका थिए । उनले थाहा नगरपालिकाले सुरक्षित वैदेशिक रोजगारको विषष्यमा भए गरेको कार्यहरुको विषयमा समेत प्रष्ट्याएका थिए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)