nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा संक्रमितको संख्या ६२ पुग्यो, ३ जना थप उपचारका लागि रिफर

COROOO-1620187274.jpg

मकवानपुर थाहा नगरपालिकामा कोभिड–१९ (कोरोना भाइरस) संक्रिमितको संख्या ६२ पुगेको छ । 

कोभिड–१९ को दोस्रो लहरको संक्रमण शुरु भएको ९ दिनमा संक्रमितको संख्या ६२ पुगेको हो । लक्ष्ण चिन्ह देखिएको र कन्ट्याक ट्रेसिङमा परेका अधिकांशको एन्टिजिन परीक्षण गरिएको छ । 

पोजेटिभ देखिएकाहरु मध्ये सबै भन्दा बढि वडा नम्बर ३ मा १८ जना रहेका छन् । वडा नम्बर ८ र १२  मा हालसम्म संक्रमित छैनन् । नगरमा सबैभन्दा कम उमेर ६ महिनाको शिशुमा समेत संक्रमण देखिएको छ । हाल नगरका ६२ संक्रमित मध्ये दुई महिला र एक पुरुषलाई थप उपचारको लागि हेटौंडा रिफर गरिएको छ । 

थाहा नगरमा परीक्षण गरिएको आधारमा संक्रमण दर ४१.६११ प्रतिशत रहेको थाहा नगरपालिकाको २१ वैशाखमा सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)