nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा संक्रमितको संख्या २ सय पुग्यो, निको हुने दर निकै कम

COROOO-1621139524.jpg

थाहानगरमा १ जेठमा १३ जना संक्रमित थपिएका छन् । थपिएकाहरुमा वडा नम्बर १ का २, ३ का २ र ६ का ७ जना छन् । 
त्यसैगरी कोरोना संक्रमितका कन्ट्राक्ट ट्रेसिङका आधारमा स्वाव संकलन गरि पिसिआरका लागि पठाइएकोमा २१ जनाको नेगेटिभ रिपोर्ट आएको डा. रिकेश कार्कीले बताए । पोजेटिभ भै होम आइसोलेशनमा बसेका ७ जनाको पिसिआर परिक्षणका लागि पठाइएकोमा फेरि ३ जना पोजेटिभ नै देखिएका छन् भने चार जना निको भएका छन् । 

थाहानगरमा १ जेठसम्मा २ सय जनामा संक्रमण देखिसकेको छ । तीमध्ये १२ जना निको भएका छन् । २ जनाको मृत्यु भएको छ भने ६ जना थाहानगर बाहिर उपचाररत छन् । १ सय ८० जना होम आइसोलेशनमा रहेको डा. कार्कीले बताए । होम आइसोलेशनमा रहेका सबै बिरामीहरुको अवस्था सामान्य छ । 
संक्रमित भएर १४ दिनपछि स्वाव दिएका बिरामीलाई नेगेटिभ रिपोर्ट नआउन्जेल घर बाहिर नहिड्न डाक्टरले आग्रह गरेका छन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)