DO-1618544727.jpg
Saturday, 17th April, 2021
वि.स.

थाहानगरमा रासायनिक मलको बिक्री मूल्य निर्धारण

मकवानपुर थाहा नगरपालिकाले रासायनिक मलको बिक्री मूल्य निर्धारण गरेको छ । नगरपालिकाले आफ्नो भौगोलिक क्षेत्र अनुसारको वडागत रुपमा मलको विक्रि मूल्य निर्धारण गरेको कृषि विकास शाखा प्रमुख संजय तिवारीले जानकारी दिए । थाहा नगरपालिकाले किसानले खेत बारीमा प्रयोग गर्ने तीन थरी मलको बिक्री मूल्य निर्धाण गरेको हो । सरकारले कृषकका लागि उपलब्ध गराएको मलको स्थानीय तहमा आपूर्ति तथा वितरण व्यवस्थापन प्रभावकारी बनाउन यस्तो निर्णय गरेको हो । अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७ बमोजिम गठित स्थानीय समितिले दर रेट निर्धारण गरेको   नगरपालिकाले जानाएको छ । समितिको ३ पौषमा बसेको बैठकले यस्तो निर्णय गरेको तिवारीले बताए । 

स्थानीय समितिले निर्धारण गरेको दररेट अनुसार थाहा नगरपालिका वडा नम्बर १ देखि वडा नम्बर ४ सम्मका बिक्री केन्द्रहरुले डिएपी प्रति बोरा २ हजार ४१०, युरिया ९ सय ६०, पोटास १ हजार ८१० रुपियाँमा बिक्री गर्नुपर्नेछ । वडा नम्बर ५ काका बिक्रेताहरुले डिएपी २ हजार ४६०, युरिया १ हजार १०, पोटास १ हजार ८६०, वडा नम्बर ६ का बिक्रेताहरुले डिएपी २ हजार ४२०, युरिया ९ सय ७०, पोटास १ हजार ८२० मा बिक्री गर्नुपर्नेछ । वडा नम्बर ७ का बिक्रेताहरुले डिएपी २ हजार ४३०, युरिया ९ सय ८०, पोटास १ हजार ८३० मा बिक्री गर्नुपर्नेछ । वडा नम्बर ८ र ७ नम्बर वडाको चल्ती क्षेत्रका बिक्रेताहरुले किसानलाई डिएपी २ हजार ४८०, युरिया १ हजार ३०, पोटास १ हजार ८८० रुपियाँमा बिक्री गर्नुपर्नेछ । वडा नम्बर ९ र १० का बिक्रेताहरुले डिएपी २ हजार ४३०, युरिया ९ सय ८०, पोटास १ हजार ८३०, वडा नम्बर ११ को लागि डिएपी २ हजार ४३०, युरिया ९ सय ८०, पोटास १ हजार ८३० रुपियाँ र वडा नम्बर १२ तथा ११ नम्बरको लेन्खु क्षेत्रका बिक्रेताले डिएपी २ हजार ४८० रुपियाँ युरिया १ हजार ३४० रुपियाँ र पोटास १ हजार ८८० रुपियाँमा बिक्री गर्नुपर्नेछ । निर्देशिकाको दफा १७ (४) बमोजिम मूल्य निर्धारण गरिएको  नगरपालिकाले जनाएको छ । 

फोटोः गणेश विष्ट/थाहा टाइम्ससुसाशन (व्यवस्थापन तथा संचालन ऐन) २०६४को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले बनाएको अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७ बमोजिम बिक्रेताले अभिलेख समेत तयार गर्नुपर्नेछ । यसरी अभिलेख तयार गर्दा निर्देशिकाको अनुसूची ५ बमोजिम विक्रेताले स्थानीय तहबाट प्रमाणित गराई विक्रि वितरणको विवरण पालिकामा पेश गर्नु पर्ने छ । विवरणमा मल खरिद गर्ने कृषकको नाम, सम्पर्क नम्बर, जग्गाको विवरण, मलको किसिम, बिक्री मूल्य, बिक्री मिति तथा खरिद गर्ने किसानको हस्ताक्षर सम्म उल्लेख गर्नुपर्नेछ । यस निर्देशिका अनुसार मल आपूर्ति तथा वितरण व्यवस्थापन समिति तिनै तहमा हुने व्यवस्था गरिएको छ । निर्देशिका अनुसार संघ, प्रदेश र स्थानीय तहमा यो संचार रहने छ । संरचना अनुसार कृषि मन्त्रालयको सचिव संयोजक, प्रदेशमा कृषि मन्त्रालय हेर्ने सचिव र स्थानीय समितिमा पालिका उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा समिति गठन हुने व्यवस्था गरिएको छ । स्थानीय समितिका प्रमुख प्रशासकीय अधिकृत सदस्य र कृषि शाखा प्रमुख सदस्य सचिव हुने व्यवस्था छ ।   

फोटोः गणेश विष्ट/थाहा टाइम्स

स्थानीय पालिकाहरुमा गठन हुने समितिले आफ्नो पालिकाको खेती योग्य जमिनको तथ्याङ्क संकलन तथा अद्यावधिक गर्ने, स्थानीय तहभित्र मलको कारोबार गर्ने बिक्रेताको प्रत्येक आर्थिक वर्ष दर्ता तथा नविकरण गर्ने, बिmत्रेताको संख्या निर्धारण गर्ने, कार्य क्षेत्र तोक्ने, मलको विषयमा आएका गुनासो सुन्ने र समाधान गर्ने, अनुदानमा उपलब्ध हुने मलको तथ्याङ्क विद्युतीय प्रणालीमा आधारित भई व्यवस्थापन गर्ने गराउनेलगायतका काम कर्तव्य र अधिकारहरु रहेका छन् । 

फोटोः गणेश विष्ट/थाहा टाइम्सयसैबीच समितिले तोकेको मूल्य   विपरित मल बिक्री गरेको पाइएमा कारबाही हुने व्यवस्था छ । यदि तोकिएको मूल्य भन्दा बढि मूल्यमा विक्रि गरेको पाइएमा नगरपालिकामा प्रमाणसहित निवेदन दिन सकिने छ । त्यस्तो भएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने थाहा नगरपालिकाले जनाएको छ । स्थानीय बिक्री वितरणको अनुगमन नगरपालिकाले गर्ने जनाइएको छ । तर निर्देशिका अनुसार सिधै किसानले पनि उजुरी गर्न सक्ने व्यवस्था छ । किसानहरुले स्थानीय समिति वा जिल्ला प्रशासन कार्यालयमा सिधै उजुरी गर्न सक्ने निर्देशिकामा उल्लेख छ ।
 

https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes.com@gmail.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरु माझ देशविदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)