Tuesday, 22nd September, 2026
वि.स.

थाहानगरमा मिनिट्रक दुर्घटना

accident-1579762022-15817-1609822759.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १२ तारूकामा अनटेष्ट मिनिट्रक  टुर्घटना हुँदा १ जना गम्भीर घाइते भएका छन् । मिनिट्रक सडकबाट करिब २ सय मिटर तल खसेको छ ।

२१ पुस बिहान त्रिभुवन राजपथ अन्तर्गत थाहा नगरपालिका वडा नंबर १२ को तारुकामा उक्त ट्रक दुर्घटना भएको ईलाका प्रहरी कार्यलय पालुङका प्रहरी प्रमुख विकास कुमार तामाङले जानकारी दिए । उनका अनुसार विरगंजबाट हेटौंडा हुँदै काठमाण्डौ जाँदै गरेको अनटेष्ट मिनिट्रक दुर्घटना हुँदा एक जना गम्भिर घाईते सहित ३ जना घाईते भएका छन् ।

गम्भिर घाईते हुनेमा पर्साको विरगंज महानगरपालिका वडा नंबर ३२ का अन्दाजी २२ वर्षीय बिसकर्मा दास रहेका छन् भने अन्य सामान्य घाईते हुनेहरुमा सोहि स्थानका ३४ वर्षीय लाल बाबु ठकुराई र १७ वर्षीय विष्णु दास रहेका छन् । उनिहरुको काठमाण्डौ उपत्यका स्थित बिएनबि अस्पतालमा उपचार भईरहेकोे ईलाका प्रहरी कार्यलय पालुङले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०