DO-1618544727.jpg
Saturday, 17th April, 2021
वि.स.

थाहानगरमा भूतपूर्व सैनिकद्वारा कृषि सहकारी संचालन

sahakari-1614343841.jpg

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ जिल्ला कार्यसमिति मकवानपुरले जिल्लामा पहिलोपटक भूतपूर्व सैनिक कृषि सहकारी संस्था स्थापना गरेको छ । थाहा नगरपालिकाका उपप्रमुख खड्गबहादुर गोपाली र श्री नम्बर ७ बाहिनी अड्डा चनवनका प्रमुख सेनानी देव क्षेत्रीले १४ फागुनमा सहकारीको विधिवतरुपमा उद्घाटन गरे ।

भूतपूर्व सैनिकहरु सदस्य हुन पाउने व्यवस्थासहित स्थापना गरिएको कृषि सहकारी संस्थाले भूतपूर्व सैनिकहरुलाई कृषि व्यवसायमा लाग्न प्रेरित गर्ने उद्धेश्य राखेको छ । भूतपूर्व सैनिकको सेवा निवृत्त जीवन उद्यमशीलतामा व्यतित होस् भन्ने उद्धेश्यले भूतपूर्व सैनिक कृषि सहकारीको स्थापना गरिएको संस्थाका अध्यक्ष सूर्यबहादुर थापाले बताए ।
 
सहकारी व्यवसायको अतिरिक्त नेपाली सेना कल्याणकारी बोर्डले उपलब्ध गराउने सेवाहरुमा समेत सहकारीले सहजीकरण गर्ने अध्यक्ष थापाको भनाई रहेको छ । भूतपूर्व सैनिकहरुको निःशुल्क उपचार हुँदै आएकोमा नियमित औषधि सेवन गरिरहेका दीर्घरोगी भूपू सैनिकहरुका लागि सहकारीमार्फत् नै औषधि ल्याउने व्यवस्था गरिने पनि उनले जानकारी दिए ।
 
भूतपूर्व सैनिक कृषि सहकारी संस्थाको कार्यालय उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ घट्टेचौरमा स्थापना गरिएको छ । सहकारी उद्घाटन कार्यक्रममा नगर उपप्रमुख गोपाली, थाहा–५ का वडा अध्यक्ष विष्णुबहादुर गुरुङ, पत्रकार कुमार नेगी, पाथीभरा बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक राजाराम कार्की, जनकल्याण माविका सहायक प्रधानाध्यापक कृष्णबहादुर विष्ट, थाहा–३ का वडा सदस्य इन्द्रजंग खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

सहकारी संस्थाका अध्यक्ष सूर्यबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका जिल्ला अध्यक्ष कमलकुमार केसीले संचालन गरेका थिए भने सहकारीका कोषाध्यक्ष नवराज ढकालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । 

https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes.com@gmail.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरु माझ देशविदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)