nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा फेरि १२ कोरोना संक्रमित थपिए

COROOO-1621004374.jpg

थाहानगरमा ३१ वैशाखमा १९ जनाको एन्टीजेन परिक्षण गरिएकोमा १२ जना पोजिटिभ भेटिएका छन् । ७ पुरुष र ५ महिलासहित १२ संक्रमित थपिएका हुन् । ३१ वैशाखमा थाहा १ मा १ जना, ३ मा ८ जना, ६ मा २ जना र ८ नम्बरमा १ जना संक्रमित थपिएको डा. रिकेश कार्कीले बताए । यसअघि ३ जना संक्रमित भएकै ३ नम्बर वडाका एकै घरमा २ जना थपिएका छन् ।

३१ वैशाखसम्म थाहानगरमा दोस्रो भेरियन्ट पछि मात्र १ सय ८७ जनामा संक्रमण देखिसकेको छ । तीमध्ये ८ जना निको भएका छन् । २ जनाको मृत्यु भएको छ भने ६ जना थाहानगर बाहिर उपचाररत छन् । १ सय ७१ जना होम आइसोलेशनमा रहेको डा. कार्कीले बताए । होम आइसोलेशनमा रहेका सबै बिरामीहरुको अवस्था सामान्य छ । संक्रमित भएर १४ दिनपछि स्वाव दिएका बिरामीलाई नेगेटिभ रिपोर्ट नआउन्जेल घर बाहिर नहिड्न डाक्टरले आग्रह गरेका छन् ।

यसैगरी, ३१ वैशाखमा थाहा नगरपालिका ८ नम्बर वडामा ३७ जनाको स्वाव संकलन गरेको छ । संकलित स्वाव पिसिआर परिक्षणका लागि १ जेठमा हेटौंडा पठाइने छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)