nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा कोरोना पोजेटिभ देखिएका एकको मृत्यु

death-1620454271.jpg

एन्टिजेन परिक्षणबाट कोरोना पोजेटिभ देखिएका थाहा नगरपालिका ५ का एक बिरामीको शनिबार विहान मृत्यु भएको छ । मृतक थाहा ५ का ६५ वर्षिय पुरुष हुन् । उनको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा बैशाख २० गते गरिएको एन्टिजेन परिक्षणमा पोजेटिभ रिपोर्ट आएपछि 'होम आइसोलेशन'मा बसेका थिए ।

उनको स्वास्थ्य अवस्था कमजोर बनेपछि शुक्रबार सैनिक अस्पताल छाउनी पुर्याएकोमा २५ वैशाख विहान ३ बजे मृत्यु भएको आफन्तले बताएको छ । मृतकको दीर्घ रोग कुनै नभएको ५ नम्बर वडाध्यक्ष विष्णुबहादुर गुरुङले बताए । अस्पतालले यो समाचार तयार पार्दासम्म पिसिआर रिपोर्ट दिइसकेको छैन भने शव पनि आफन्तलाई दिएको छैन । मृतकको पुनः स्वाव परिक्षण गरिरहेको अस्पताललाई उदृत गर्दै आफन्तले बताएका छन् । मृतक निवृत्त नेपाली सेना हुन् । गत वर्ष थाहानगरमा कोरोना पोजेटिभ देखिएका सात जनाको मृत्यु भएको थियो ।

२४ वैशाखसम्म थाहा नगरमा कोरोना संक्रमितको संख्या ९१ पुगेको थियो भने ३ जना निको भएका छन् । पाँच जनाको हेटौंडा र काठमाडौमा उपचार भैरहेको छ । शनिबार पनि कोरोनाको लक्षण देखिएकाहरुको स्वाव परिक्षण जारी छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)