nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा एक स्वास्थ्यकर्मीसहित २ जनाको कोरोना संक्रमण पुष्टि

COROOO-1606138288.jpg

मकवानपुर थाहा नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

हेटौंडा स्थित प्रादेशिक प्रयोगशालामा पिसिआर गर्दा थाहा नगरपालिकाका दुई जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका तथा शंकास्पदहरु मध्ये २० जनाको स्वाब परक्षिण गरिएकोमा २ जनामा संक्रमण देखिएको हो । 

संक्रमण हुनेमा थाहा नगरपालिका वडा नम्बर ९ की ४७ वर्षिय र वडा नम्बर १० की ३१ वर्षिय महिलामा संक्रमण पुष्टि भएको थाहा नगरपालिका स्वास्थ्य शाखाका मेघराज बलामीले जानकारी दिए । उनीहरु दुवैजना साविक चित्लाङ गाविसका हुन् ।  संक्रमित मध्ये ४७ वर्षिय महिला स्वास्थ्यकर्मी हुन् । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)