nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा एकजनामा कोरोना पुष्टि, महालक्ष्मी बैंकका कर्मचारीहरु सुरक्षित

COROOO-1600307014.jpg

मकवानपुर थाहा नगरपालिकाका एकजनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । 

२४ भाद्रमा कोरोना संक्रमण पुष्टि भएको ७९ वर्षिया पुरुषको कन्ट्याक ट्रेसिङमा रहेका ५१ वर्षिय पुरुषमा ३१ भाद्र राती संक्रमण पु्ष्टि भएको थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । संक्रमित ७९ वर्षिया पुरुषको छोरा हुन् । उनलाई हेटौंडा स्थित आइसोलेशनमा पठाउने व्यवस्था गरिएको छ । 

यसैबीच कन्ट्याक ट्रेसिङमा परेका महालक्ष्मी बैंक पालुङ शाखाकी म्यानेजरको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । २४ भाद्रमा कोरोना पुष्टि भएका ७९ वर्षिय पुरुषकै कन्ट्याक ट्रेसिङमा क्वारेन्टिाइमा बसेकी म्यानेजरको रिपोर्ट नेगेटिभ आएसंगै सबै कर्मचारी सुरक्षित भएको डाक्टर सुबोध चापागाइले जानकारी दिए । 

संक्रमितहरुको कन्ट्याक ट्रेसिङमा रहेकाहरुको थाहानगर क्वारेन्टिनले ३१ भाद्रमा स्वाब संकलन गरेको १६ जना मध्ये एकजना बाहेक सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।  
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)