nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा उपभोक्ता हकहित सम्बन्धी एकदिने अनुशिक्षण

DAOa-1618327884.jpg

जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा तथा थाहा नगरपालिकाको समन्वयमा उपभोक्ता हकहित सम्बन्धी एकदिने अनुशिक्षण कार्यक्रम भएको छ । 

मकवानपुर थाहा नगरपालिकाको विकास घरमा भएको कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बासु खतिवडा, खाद्य सुरक्षा तथा गुण नियन्त्रण कार्यालयका सोमकान्त रिजाल र उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक कृष्ण दाहालले प्रस्तुतिकरण गरेका थिए ।  उनीहरुले उपभोक्ता अधिकार र हालको कार्यान्वयनको अवस्थालगायतको विषयमा प्रस्तुतीकरण गरे । प्रस्तुतिकरणका क्रममा व्यवसायीले पनि उपभोक्तामैत्री भएर वस्तु तथा सेवा बिक्रि गर्न आवश्यक भएको बताएका थिए । उपभोक्ता मात्र सचेत भएर नहुने बताउँदै वस्तु तथा सेवा बिक्रीकर्ताले पनि उत्तिकै सजगता अपनाइ चनाखो भएर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्न नहुने बताएका थिए ।  

थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विष्टले उपभोक्ताको अधिकार निकै बढि भएपनि कार्यान्वयनमा फितलोपन आएको बताए । कतिपय अधिकार स्थानीय तहलाई प्राप्त भएपनि विज्ञ विषेशज्ञका कारण कार्यान्वयमा कठिनाइ अएको सुनाए । बजार अनुगमनकाका लागि निर्देशिकाले निर्दिष्ट गरेको व्यक्तिहरु पालिकासंग उपलब्ध नहुने र अन्यत्रबाट उपलब्ध हुँदा ढिलो भैसक्ने विष्टको भनाइ रहेको थियो । धेरै चुनौतिकाबीच पनि पालिकाले उपभोक्ता अधिकारको विषयमा काम गरिरहेको उनले बताए । 

थाहा नगरपालिकाका नगर उपप्रमुख तथा उपभोक्ता हित संरक्षण मञ्चका संयोजक खड्ग गोपालीले उपभोक्ता हितको लागि काम गर्दै आएको सुनाए । दामन सिमभन्ज्याङमा हिउँ परेको बेलामा होस या नियमित बजार अनुगमन सबै कार्य गम्भीरताकासाथ उपभोक्ताको हितमा काम गरिरहेको गोपालीले बताए । तुलनात्मक रुपमा अनुगमन पश्चात बजारमा निकै सुधार आएको बताउँदै नगरपालिकाले २÷२ महिनामा बजार अनुगमन गरिरहेको बताए । थाहानगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधानले थाहानगर उद्योग वाणिज्य संघ उपभोक्तावादी संस्थाको विपक्षी नभइ सहयोगी निकाय भएको बताए । उद्योग वाणिज्य संघले व्यवसायीहरुको हितका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको बताउँदै एकीकृत किसिमको सिविर र तालिमहरुबाट व्यवसायीहरुका निकै सचेतना आएको बताए । प्रधानले व्यवसायी पनि एक उपभोक्ता नै भएकोले थाहानगर क्षेत्र उपभोक्ताको हित विपरित हुने वस्तु तथा सेवा विक्रि वितरण हुने नगरेकोे बताए । 

मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले राज्यको निकायहरुबाट उपाभोक्ता अधिकारको विषयमा सचेतनामुलक कार्यक्रमहरु संचालन भैरहेको बताउँदै यसलाई अझ बढाउन आवश्यक भएको बताए । जबसम्म सबै सचेत हुँदैनन् तबसम्म गुणस्तरीयवस्तु तथा सेवा उपभोग नहुने बताए । यसका लागि सबै निकायहरु उत्तिकै सक्रिय हुन आवश्ह्यक भएको रिजालको भनाई थियो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले स्वागत मन्तव्य व्यक्त भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहदेव आचार्य, अमित कर्ण, राष्ट्रिय उपभोक्ता मञ्चका थाहानगर अध्यक्ष प्रमोद जोशी, उपभोक्ता हकहित संरक्षण मञ्चका शकुन्तला गोपाली, उर्मिला गोपाली, थाहा नगरपालिकाका विभिन्न शाखा प्रमुखहरुलगायतकाको उपस्थिती रहेको थियो । कार्यक्रम मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको सभाध्यक्षतामा भएको थियो । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)