nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 9th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरको सिमभन्ज्याङ प्रहरी चौकीलाई नयाँ भवन

polic-1613958609.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको सिमभन्ज्याङ प्रहरी चौकीको भवन हस्तान्तरण तथा उद्घाटन गरिएको छ । 

बागमती प्रदेश सरकार र थाहा नगरपालिकाको संयुक्त लगानीमा निर्माण सम्पन्न चारकोठे भवन ९ फागुनमा एक समारोहकाबीच नगर प्रमुख लवशेर विष्टले मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिं राठोरलाई हस्तान्तरण गरिएको हो । 

जिल्लाकै उच्च भाग सिमभन्ज्याङमा रहेको प्रहरी चौकी पानी चुहिने छाप्रो र त्रिपालको भरमा संचालन भएपछि भवन निर्माण गरेर हस्तान्तरण गरिए पश्चात् प्रहरीहरु खुशी भएका छन् । प्रहरी उपरिक्षक राठोरको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी तथा थाहा नगरप्रमुख लवशेर विष्टले नागरिकको सेवाका लागि खटिने नेपाल प्रहरीलाई सबैले सहयोग गरे सबैको सुरक्षामा थप टेवा मिल्ने बताए । सुरक्षामा खटिने व्यक्ति नै जहिल्यै असुरक्षित भैरहेको सन्दर्भमा भवन बनाएर सहयोग गरेको बताए । 

कार्यक्रमका विशेष अतिथि तथा थाहानगर उपप्रमुख खड्ग गोपालीले आफूले अनुगमन लगायतको बेलामा थप सुझाव दिएका कारण भवन मजबुद भएको उल्लेख गरे ।  प्रहरीको लागि भवनलाई आवश्यक पर्ने सहयोग र सहजीकरण हुने उनले बताए । थाहा नगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधानले सिमभन्ज्याङमा जस्तै टिष्टुङ र बज्रवाराहीमा पनि प्रहरी चौकीको काम गरिरहेको र त्यसको सुनुवाई आवश्यक भएको बताए । समूदायको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रधानले खराब काम गर्ने प्रहरीबाट भाग्ने  र रम्रो मनशाय हुनेका लागि प्रहरी सँधै आवश्यक भएको औल्याए । 

कार्यक्रममा मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिं राठोरले थाहा नगरपालिकाले गरेको सहयोगको प्रशंसा गरे । उनले थाहा नगरपालिकाले जस्तै अन्य पालिकाहरुले पनि सहयोग गरे शान्ति सुरक्षामा ठूलो बल मिल्ने बताए । सिमभन्ज्याङ प्रहरी चौकी वि.सं. २०६४ सालमा स्थापना भएको हो । 

सामुदायिक सेवा केन्द्र पालुङका अध्यक्ष धर्म प्रधानले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा थाहा–४ का वडा अध्यक्ष दिपकसिं लामा, थाहा नगरपालिकाका राजनीतिक सल्लाहकार विष्णु विष्ट आदर्श, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख विकास तामाङ, थाहा होटल एशोसिएशनका अध्यक्ष शिवकुमार खत्री, भवन निर्माण समितिका अध्यक्ष जित बहादुर थोकर, बजार व्यवस्थापन समितिका पदाअधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।  
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)