nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरको पाँच वडा कोरोना संक्रमण मुक्त

COROOO-1598952433.jpg

मकवानपुर थाहा नगरपालिकाको पाँचवटा वडा कोरोना मुक्त रहेका छन् । 

नगरपालिकाको वडा नम्बर १, ५, ८, ९ र १२ मा अहिलेसम्म कोरोना पोजेटिभ देखिएको छैन । १२ वटा वडा रहेको थाहा नगरपालिकामा २, ३, ४, ६, ७, १० र ११ नम्बर वडामा भने कोरोना पोजेटिभ भएका व्यक्तिहरु छन् । थाहा नगरपालिका कोरोना क्वारेन्टिनको सम्पर्कमा आई परीक्षण गर्दा यस्तो अवस्था देखिएको हो । थाहानगरमा भेटिएका सबै संक्रमितहरु विदेश र अन्यत्रबाट थाहानगरमा आएकाहरु नै हुन् । स्थानीय क्षेत्रमा बसोबास गरिरहेकाहरुलाई हालसम्म कोभिड–१९ संक्रमण भएको नपाइएको डाक्टर उदय रोकाले जानकारी दिए ।

थाहा नगरपालिकाको वडा नम्बर ६ मा सबैभन्दा बढि ५ जना संक्रमित भेटिएको हो । त्यस्तै वडा नम्बर ७ मा २ जना र वडा नम्बर २, ३, ४, १० र ११ मा भने १/१ जना संक्रमित भएका हुन् । 

नगरपालिकामा जम्मा १२ जना संक्रमित रहेकोमा ९ जना निको भैसकेका छन् भने ३ जना हेटौंडा आइसोलेशनमा रहेका छन् । 
 



https://thahatimes.com/public/images/users/AMBIKA-1588562241.jpg

अम्बिका के.सी.

ambikakc333@gmail.com

पत्रकार केसी थाहा टाइम्सकी संवाददाता हुन् ।